धरानः नयाँ बर्ष २०७९ को पहिलो दिन बैशाख १ गतेको साँझ चर्चित गायक राजेश पायल राई धरान –५ स्थित लुकुवा फेमिली रिसोर्टमा आयोजना हुने साङ्गीतिक कार्यक्रमको लागि धरान आउने भएका छन् ।
तीन वर्षपछि साङ्गीतिक कार्यक्रमको लागि धरान आउन लागेका गायक पायलको यसअघि पुसमा हुने कार्यक्रम कोरोनाको कारणले स्थगित भएको थियो । आफ्नो पहिलो कर्मभूमि धरानमा नयाँ वर्षको पहिलोदिन कार्यक्रम गर्न पाउँदा खुशी लागेको बताउने गायक पायलले कार्यक्रममा डेढ दर्जन बढी आफ्ना नयाँ–पुराना गीतहरु गाएर मनोरञ्जन दिनेछन् ।