Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१ मा आगलागी

हाम्रो कोशी आवाज
चैत्र २९ २०७८, मंगलबार
धरान-१ मा आगलागी

धरानः धरान-१ (धरान उच्च अगाडिबाट पुरानो बजार छिर्ने बाटो) मा आगलागी हुँदा क्षति भएको छ । धरान-१ का सरोज आचार्यले सञ्चालन गर्दै आएको गोदाममा विद्युत् सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।
‘डसना बनाउन प्रयोग गरिने कच्चा पदार्थ राखिएको जस्ताले बारिएको, जस्ताकै छानो भएको गोदाममा आगलागी भएको पाइयो’, उनले भने, ‘विद्युत सर्ट भएर आगलागी हुँदा गोदाममा रहेका कच्चा पदार्थ जल्दा करिब १३ लाख रुपैयाँ बढीको क्षति भएको विवरण आएको छ ।’
मङ्गलबार साढे ६ बजेदेखि भएको आगलागी धरान उपमहानगरपालिकाको दमकल, सशस्त्र प्रहरी, प्रहरी र स्थानीयबासले ७ बजेमात्रै नियन्त्रणमा लिएका थिए । तस्वीरः हाम्रो कोशी आवाज

प्रकाशित मिति: चैत्र २९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend