धरानः धरान–३ स्थित सगरमाथा एसडी कलेजले बुधबार आयोजना गरेको मिस एण्ड मिष्टर सगरमाथामा श्रद्धा विश्वकर्मा र सुदीप सिञ्जाली मगर विजेता बनेका छन् ।
कलेज परिसरमा भएको कार्यक्रममा छात्रतर्फ रोमन लिम्बू र छात्रातर्फ विनिता देवान फष्टरनर अप भए । त्यस्तै, सव–टाइटलतर्फ मिष्टर ट्यालेन्ट उज्ज्वल राई, मिस ट्यालेन्ट पनि श्रद्धा विश्वकर्मा नै घोषित भइन् । छात्रतर्फ मस्ट डिसिप्लिन सुदीप मगर भए भने छात्रातर्फ अनुकला राई भइन् । मस्ट एक्टिभ छात्रतर्फ रोमन लिम्बू भए भने छात्रातर्फ विनिता देवान घोषित भइन् ।
त्यस्तै, रोमन लिम्बू र दिपासा राई उत्कृष्ट जोडी घोषित भए । प्रतियोगीताका निर्णायकहरुमा सञ्चारकर्मीद्वय विशाल रसिक राई र तिर्थ कार्की र मिस स्टेट–१, २०१८ कि विजेता रजनी तुम्सा रहेका थिए ।
मिस सगरमाथाकी विजेता श्रद्धालाई गत सालकी विजेता अनिषा विकले क्राउन लगाइदिइन् । त्यस्तै, कलेजका प्रिन्सिपल सन्तोष राई, भाइस–प्रिन्सिपल देवराज रेग्मी, निर्णायक विशाल रसिक राई, कोअर्डिनेटर विशाल चाम्लिङ, शिक्षिका सहारा सुब्बा, शिक्षक उत्तरकुमार राईलगायतले अन्य बिजेता र सब–टाइटल विजेताहरुलाई स्लास लगाइदिनुका साथै प्रमाण–पत्र प्रदान गरे ।
यसैबीच कक्षा–१२ का विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिनुका साथै खदा र अविर लगाएर विदाइ गरिएको छ । कक्षा–११ मा अध्ययनरत् विद्यार्थीहरुलाई पनि अविर र खदा लगाएर सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी सर्वजीत राईले विद्यार्थीहरुलाई घोकन्ते विद्या धावन्ते खेतीको उदाहरण दिँदै मिहिनेतका साथ पढेर उत्कृष्ट नतिजा निकाल्नको लागि आग्रह गरे ।
कलेजका सह–प्राचार्य रेग्मीले प्रायः हरेक पेशामा स्वार्थ हुने बताउँदै वकिलहरुले झैं झगडा धेरै हुन भन्ने चाहम्छन्, डाक्टरहरुले बिरामीहरु बढुन् भन्ने चाहन्छन् भने शिक्षकहरुले चाहिँ निस्वार्थ भावनाले आफ्ना सम्पूर्ण विद्यार्थीहरु पढुन भन्ने चाहेको बताए । कलेजका प्रिन्सिपल सन्तोष राईले आफूहरुले हल्लामा भन्दा यथार्थमा आधारित भएर ं काममा विश्वास गर्ने बताए । कार्यक्रममा विद्यार्थीहरुले आकर्षक नृत्यका साथै गीत पनि प्रस्तुर गरे ।
शिक्षक उत्तरकुमारले समेत गीत प्रस्तुत गरे । कक्षा–१२ को तर्फबाट पुष्पा राईले आफ्नो अनुभव सुनाइन् । आफूले यो कलेजबाट धेरै कुराहरु सिकेर आफूमा आत्मविश्वास बढेको भन्दै उनले कलेजलाई विशेष धन्यवाद दिइन् । कार्यक्रमको सञ्चालन शिक्षक उत्तरकुमार्र, विद्यार्थीहरु पुष्पा राई र राहुल विकले गरे । कार्यक्रममा शिक्षकहरु माधव शर्मा, कुमार गिरी, अभिषेक कटुवाल, राज राई, शिक्षिका सविता खतिवडालगायतको उपस्थिति थियो ।



