धरानः धरानमा अष्ट्रेलिया अध्ययनमा जाने विद्यार्थीका लागि सहजता प्रदान गर्न कन्सल्टेन्सी सञ्चालनमा आएको छ ।
‘वालाबीज’ नामक कन्सल्टेन्सी धरानमा खुलेको हो । धरानमा यसको शाखा स्थापना गरिएको सञ्चालकमध्येका मेहरमान ह्युज गिरीले जानकारी दिए । धरान–१० पुतलीलाइन (भाटभटेनी छेऊमा रहेको एभरेष्ट बैंक रहेको माथिल्लो तला) मा यसको शाखा ल्याइएको हो ।
उनले वालाबीजको १५ वटा कलेजमा सहकार्य रहेको जानकारी दिए । विशेषतः उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, न्युजिल्याण्ड, युके र क्यानडालाई प्राथमिकता राख्ने उनले जानकारी दिए । उनले केही समयपछि अष्ट्रेलिया साथै न्युजिल्याण्ड, क्यानडा, अमेरिका, युकेका अध्यनका लागि विद्यार्थी पठाउन वालाबीजले काम गर्ने बताए ।
सञ्चालकमध्येका दिलीप तामाङले विद्यार्थीलाई फ्रि सेमिनारलगायतको कार्यक्रम सञ्चालन शुरुवात गर्न थालिएको जानकारी दिए । यसैबीच सोमबार धरानस्थित होटल पूर्वी स्टारमा फ्रि सेमिनार कार्यक्रम पनि आयोजना भएको उनले जानकारी दिए । सेमिनारले विद्यार्थीहरुलाई वैदेशिक शिक्षाका निम्ति राजधानी धाउनुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न सकेको उनले जानकारी दिए । लामो समयदेखि विद्यार्थी र अभिभावकको मन जित्दै आएको वालाबीजले आफूलाई विश्वासिलो संस्थाका रुपमा दर्ज गरेको विजय तामाङ बताउँछन् । उनी केही समयका लागि धरान आएका हुन् । उनले अष्ट्रेलियाको अफिस हेर्ने गरेका छन् ।
सेमिनारमा अष्ट्रेलियाबाट आएका कुमार चापागाईंले सहजीकरण गरेका थिए । उनले अष्ट्रेलियामा शैक्षिक पद्दति कस्तो छ ? अष्ट्रेलिया नेपालीहरुका लागि साँच्चै उचित गन्तव्य हो त ? अष्ट्रेलिया गएर नेपालीहरु के कस्ता विषयहरु अध्ययन गर्न सक्छन् ? अष्ट्रेलिया पढ्न जाँदा विद्यार्थीहरुलाई कत्तिको आर्थिक भार पर्छ ? अष्ट्रेलियामा नेपालहरुले के कस्ता छात्रवृत्ति पाउँछन् ? कति शैक्षिक योग्यता अष्ट्रेलिया जानको लागि पर्याप्त छ ? कतै अष्ट्रेलिया पढ्न जाँदा दुःख पाइने त होइन ? वैदेशिक अध्ययनले विद्यार्थीहरुको भविष्यमा कस्तो प्रभाव पार्छ ? आदिका बारेमा प्रष्ट्याएका थिए ।
सेमिनार कार्यक्रममा उनले अष्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीहरुको हब बन्दै गएको बताए । केही वर्षयता अष्ट्रेलिया नेपाली विद्यार्थीहरुका लागि पनि प्रमुख शैक्षिक गन्तव्य बनेको उनले बताए । उनले विश्वव्यापी मान्यता प्राप्त शैक्षिक डिग्री, लगानीको सुरक्षा, सहज जीवनयापन र रोजगारीको राम्रो अवसरका कारण अष्ट्रेलियाप्रति नेपाली विद्यार्थीहरुको आकर्षक बढेको उनको भनाइ थियो । ‘यसबाहेक अष्ट्रेलियाको शैक्षिक डिग्री विश्वव्यापीरुपमा उच्च मान्यता प्राप्त र गुणस्तरिय शिक्षा प्रणाली रहेको छ भने, अष्ट्रेलियाका विश्वविद्यालय र कलेजहरुलाई सरकारले उच्चस्तरको शिक्षा प्रदान गर्ने कुराको मूल्याङ्कन गर्छ ।’ उनले भने, ‘यस्तै कलेजहरुले आकर्षक छात्रवृत्ति तथा सेवा सुविधा समेत प्रदान गराइरहने कारण धेरै विद्यार्थीहरु अष्ट्रेलिया जान लालयित भएका छन् ।’
अष्ट्रेलिया विद्यार्थीहरुको शैक्षिक गन्तव्य भएपनि यहाँ अध्ययन गर्न जानका लागि शैक्षिकस्तर भने राम्रो हुनुपर्ने उनले बताए । उनले वैदेशिक शिक्षाका लागि गर्नुपर्ने तयारी, विद्यार्थी र अभिभावकहरुले विदेश जानुपूर्व गर्नुपर्ने तयारी, अपनाउनुपर्ने सतर्कता, शैक्षिक योग्यता, आईईएलटीएस, वित्तीय जानकारी, प्रक्रिया, भिषा प्रोसेस, आवश्यक कागजपत्रको तयारी, विषय छनोट र डिपेण्डेण्ट भिसा आदिका बारेका पनि जानकारी दिएका थिए ।



