धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीका विद्यार्थीले व्यवहारिक ज्ञान लिएका छन् ।
विद्यार्थीले फलफूल, तरकारी, दैनिक उपभोग्य वस्तु, किचनमा प्रयोग हुने सामग्रीबारे व्यवहारिक ज्ञान लिएको शिक्षिका सम्झना थापाले जानकारी दिइन् । उनीहरुले परीक्षामा हुने ‘प्राक्टिकल’ को लागि यस्ता सामग्रीबारे ज्ञान लिँदै प्रयोग गरेर पनि देखाएका थिए । प्रिन्सिपल मिलनकुमार राईका अनुसार कक्षा–१ र कक्षा–६ र ७ का विद्यार्थीले व्यवहारिक ज्ञान लिएको बताए ।
विद्यार्थीलाई पढाइका साथै व्यवहारिक ज्ञान दिन यस्तो कार्यक्रमको आयोजना भएको शिक्षिका रेष्मा तामाङले बताइन् ।







