धरानः सत्ता गठबन्धनले धरान उपहानगरपालिकालगायत देशभरको भागबण्डा मिलाएको छ ।
प्रदेश १ का धरान, इटहरीसहित ६ महानगरपालिका र ११ उपहानगरपालिकाको भागवण्डा मिलाएको हो ।
धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको प्रमुख कांग्रेसले पाउने भएको छ । माओवादी केन्द्रले बाराको जीतपुर–सिमरा र दाङको घोराही उपमहानगरपालिकाको नेतृत्व पाएको छ । एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको पाएका छन् ।
महानगरमा भने मंगलबार नै भागवण्डा मिलेको थियो । जसमा कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर पाउनेछ भने माओवादीले भरतपुर, समाजवादीले पोखरा र जसपाले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाएको छ ।
एउटाको नेतृत्व भएको ठाउँमा अर्को दलको उपप्रमुख हुने गरी भागवण्डा मिलाइएको छ । सत्तारुढ गठबन्धनको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारलाई लिएर भएको विवाद समाधान भएको छ ।
सबै महानगरपलिका र उपमहानगरपालिकाको नेतृत्वमा गठबन्धनभित्र सहमति जुटेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।

