Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरपालिकाको मेयरमा एमालेबाट चारजनाको मात्रै नाम सिफारिस

हाम्रो कोशी आवाज
बैशाख ७ २०७९, बुधबार
धरान उपमहानगरपालिकाको मेयरमा एमालेबाट चारजनाको मात्रै नाम सिफारिस

धरानः नेकपा एमालेको प्रदेश १ कमिटीले धरानको मेयरमा एमालेले मञ्जु भण्डारी (सुवेदी), मनोजकुमार मेन्याङ्बो, मोतीराज सुनुवार र विजय राईको नाम सिफारिस गरेको छ । यसअघि मेयरमा ११ जना आकांक्षी थिए ।
यस्तै, प्रदेश कमिटीले उपमेयरमा भने सविता राई, पदम इश्वो, लहरुमाया जिमी र सुशीला पहाडीको नाम सिफारिस गरेको छ । यसअघि उपमेयरमा ७ जना आकांक्षी थिए ।
मङ्गलबार विराटनगरमा बसेको प्रदेश कमिटीको बैठकले सो सिफारिस गरेको हो । यस्तै, इटहरी उपमहानगरपालिकामा प्रदेश कमिटीले उपमेयर लक्ष्मी गौतम, प्रदेश सदस्य रामप्रसाद चौंलागाई, उपमहानगर अध्यक्ष यामकुमार सुब्बा र एमाले नेता बन्नुलाल चौधरीको नाम सिफारिस गरेको छ ।
यस्तै, उपमेयरको उम्मेदवार छनोटका लागि संगीता चौधरी, अमला श्रेष्ठ, अम्बिका चौधरी, विष्णु शर्मा र रामचरण चौधरीको नाम सिफारिस गरेको बताए ।
विराटनगर महानगरपालिकाको मेयरमा सागर थापा, बाबुराम कार्की, महेश भट्टराई, पर्शुराम बस्नेत र रामलाल साहको नाम सिफारिस गरेको छ । उपमेयरको उम्मेदवारका लागि शिल्पा कार्की, विमला दाहाल र अञ्जु उपाध्यायको नाम सिफारिस गरिएको छ ।

प्रकाशित मिति: बैशाख ७ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend