Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-८ को सुम्निमा स्कुलमा एसईई लेख्ने विद्यार्थीको विदाइ

हाम्रो कोशी आवाज
बैशाख ८ २०७९, बिहिबार
धरान-८ को सुम्निमा स्कुलमा एसईई लेख्ने विद्यार्थीको विदाइ

धरानः धरान-८ स्थित सुम्निमा सेकेण्डरी बोर्डिङ स्कुलमा विदाइ कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा कक्षा–१० का विद्यार्थीलाई विदाइ गरिएको हो । उनीहरू यस वर्ष एसइई लेख्दैछन् । १६ जना छात्रछात्राले यस वर्ष एसइई लेख्दैछन् । कक्षा-९ का विद्यार्थीले अविर र खादा लगाइ विदाइ गरेका थिए । कार्यक्रममा उपस्थित शिक्षक–शिक्षिकाले पनि विद्यार्थीलाई अविर र टिका लगाइदिँदै सफलताको शुभकामना व्यक्त गरेका थिए ।
धरान-८ मा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयले आफ्नो छुट्टै पहिचान बनाउन सफल छ । विद्यार्थीको विदाई कार्यक्रम पनि निकै भव्य समारोहको बीच सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रिन्सिपल युवा राईले अन्य कक्षामा पनि प्रगति गर्दै जान सुझाव साथै शुभकामना दिएका थिए ।
विद्यार्थीले पनि छोटो समयमा सुम्निमा स्कुलले प्राप्त गरेको सफलता अनुकरणीय भएको बताएका थिए । उनीहरूले विद्यालयको थप सफलताको लागि शुभकामना समेत व्यक्त गरेका थिए । कार्यक्रममा विद्यार्थीले नृत्य, गीत पस्किएर मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रमको सञ्चालन छात्राद्वय मिङ्सो लिम्बू र आयुष्मा राईले गरेका थिए । कार्यक्रममा धरान–१० का सहदेव राई, अध्यापक एनवी राईलगायतको उपस्थिति थियो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: बैशाख ८ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend