धरानः धरान-१६ स्थित युएन, नवोदय हेल्पिङ ह्यान्डको संयोजकमा रामबहादुर लिम्बू नियुक्त भएका छन् ।
बुधबार कलेजमा एक कार्यक्रमको आयोजना गरी कलेजका प्रमुख डम्बरकुमार तुम्बापोले लिम्बूलाई संयोजकमा नियुक्त गरेका हुन् । युएन, ननोदय कलेजले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरी प्रदेश १ कै ‘टप कलेज’ को रुपमा स्थापित भएको क्याम्पस प्रमुख तुम्बापोले बताए ।
कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्ने मात्र नभएर सामाजिक दायित्व पनि बहन गर्ने उद्देस्यले ‘हेल्पिङ ह्यान्ड’ को स्थापना गरेको क्याम्पस प्रमुख तुम्बापोले बताए । कलेजका अध्यक्ष ज्ञानेश्वर झाले कुशलतापूर्वक संयोजकको जिम्मेवारी निर्वाह गर्न नवनियुक्त संयोजक लिम्बूलाई शुभकामना दिए ।
संयोजक लिम्बू युएन, नवोदय कलेजमा अध्यापन समेत गराउँदै आएका छन् । उनी युनिभर्सल पिस फेडेरेसन सुनसरीका संयोजक समेत हुन् । लिम्बू शान्तिदूतका साथै सामाजिक अभियन्ताको रुपमा चिनिँदै आएका छन् ।
सामाजिक र समन्वयकारी भूमिकामा लिम्बू अब्बल मानिन्छन् । होटल म्यानेजमेन्ट र म्यानेजमेन्टको लागि प्रदेश नम्बर १ कै उत्कृष्ट कलेजको रुपमा रहँदै आएको युएन, नवोदय कलेजले सामाजिक क्षेत्रमा समेत धेरै कामहरु गर्दै आएको छ । कार्यक्रममा कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, अध्यापकहरु विष्णु दाहाल, विजय आछामी, नाम्लिङ्हाङ चेम्जोङलगायतको उपस्थिति थियो ।
