धरानः नेकपा एमालेले धरान उपमहानगरपालिकाको मेयरमा मञ्जु भण्डारी सुवेदी र उपमेयरमा पदमप्रसाद इश्वो लिम्बूलाई उठाउने निर्णय गरेको छ ।
यसअघि धरान उपमहानगरपालिकाकी उपमेयर र केही समय कार्यवाहक मेयर भइसकेकी उनी एमालेकी केन्द्रीय सदस्य समेत थिइन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले सो निर्णय गरेको हो ।
उता गठबन्धनले धरानको मेयर र उपमेयरको नाम भोलिमात्रै सार्वजनिक गर्ने जनाएको छ । मेयरमा तिलक राई र उपमेयरमा अइन्द्रविक्रम बेघाको नाम ‘फिक्स’ भइसकेको स्रोतले जनाएको छ । ‘यही नाम नै अगाडि आउन सक्छ’, स्रोत भन्छ । यस्तै, एमालेले नै इटहरीको मेयरमा यामकुमार सुब्बा, उपमेयर संगीता चौधरीलाई उठाउने निर्णय भएको छ ।