Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको वीरेन्द्र कलेजका विद्यार्थीलाई नाम्जेमा अभिमुखीकरण

हाम्रो कोशी आवाज
बैशाख ११ २०७९, आइतबार
धरानको वीरेन्द्र कलेजका विद्यार्थीलाई नाम्जेमा अभिमुखीकरण

धरानः धरान–४ स्थित वीरेन्द्र मेमोरियल कलेजले बिएस्सी सिएसआइटी अध्ययनरत् विद्यार्थीका लागि अभिमुखीकरण आयोजना गरेको छ ।
धनकुटाको भेडेटार छेऊमा रहेको नाम्जेस्थित भेडेटार भिलेज रिसोर्टमा सो कार्यक्रम आयोजना भएको हो । चार वर्षे बिएस्सी सिएसआइटीको पहिलो ब्याचमा अध्ययनरत् विद्यार्थीका लागि यस्तो कार्यक्रम आयोजना गरिएको हो । कलेजका प्राचार्य प्रोफेसर ताराबहादुर निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सिएसआइटीका विभागीय प्रमुख एशोसिएटस प्रोफेसर नुरज पौडेल प्रमुख अतिथि थिए । कार्यक्रममा त्रिविकै दिनेश घिमिरे, ट्रेनर कैलाश खाती श्रेष्ठ, इन्जिनियर मुकेश शाह, एचओडी मञ्जुश्री निरौला, अध्यापक प्रविन सङ्ग्रौला, लेखा शाखाका प्रमुख मनिष खड्गीलगायतको उपस्थिति थियो ।
४८ जनाको कोटा रहेको बिएस्सी सिएसआइटीका लगभग ३५ जनालाई विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमका बोल्दै प्रमुख प्रमुख अतिथि पौडेलले बिएसस्सी सिएसआइटी शिक्षा पूरा हुनासाथ स्वदेश तथा विदेशमा काम पाइने भएकाले यसतर्पm विद्यार्थीको आकर्षण बढेको बताए । ‘यसको प्रयोग हरेक क्षेत्रमा बढ्नुका साथै जनशक्तिको माग पनि उत्तिकै भएकाले विद्यार्थीले आईटी नै अध्ययन गर्न रुचाउँछन् ।’ उनले भने ।
इन्फर्मेेसन टेक्नोलोजी र कम्प्युटिङ क्षेत्रका लागि उत्कृष्ट मानिएको बीएस्सी सिएसआईटी कोर्षमा अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढेको प्राचार्य निरौलाले जानकारी दिए । युवा पुस्तामा बढ्दै गएको क्रेज र दैनिक उपयोगमा अत्यावश्यक बन्दै गएकाले आईटी क्षेत्र फराकिलो बनेको उनी बताउँछन् । उनले भने, ‘अध्ययनकै क्रममा विदेशी तथा स्वदेशी कम्पनीले कलेजमै आएर विद्यार्थीलाई रोजगारीको प्रस्ताव गर्ने गरेका छन्, सबैले स्वदेश तथा विदेशमा काम गरिरहेका छन् । कोही खाली बस्नुपरेको छैन ।’
उनले यो कम्प्युटर साइन्स र इन्फर्मेसन टेक्नोलोजी मिलाएर बनेको विषय भएको र यो विश्वमै बिक्ने विषय हो, रोजगारमूलक भएकाले भविष्यमा राम्रो काम पनि पाउन सक्ने बताए ।
इन्जिनियर मुकेशले योे कोर्ष ७० प्रतिशत कम्प्युटरमा आधारित हुने र उत्पादित जनशक्ति बजारमा सदुपयोग हुने बताए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: बैशाख ११ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend