Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका खड्का कारागार चलान

हाम्रो कोशी आवाज
बैशाख १२ २०७९, सोमबार
धरानका खड्का कारागार चलान

धरानः धरान महानगरपालिका–१९ साम्पाङ चौकबाट फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध मुद्दामा जिल्ला अदालत सुनसरीको गत पुस ।२३ गतेको फैसलाले २ वर्ष ९ महिना १० दिन कैद र १ लाख रुपैयाँ जरिवाना भई फरार रहेका सोही स्थानका ४६ वर्षीय यज्ञबहादुर खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
१ नम्बर प्रदेशको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए । पक्राउ परेका खड्कालाई तोकिएको कैद भुक्तानको लागि कारागार चलान गरेको छ ।

प्रकाशित मिति: बैशाख १२ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend