तस्वीरः गुगल
धरानः धरान-१५ मा दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका वरिष्ठ प्रहरी हवल्दार सुरेश श्रेष्ठ र धरान-१६ निवासी २७ वर्षीय निशान राउत रहेका छन् । घाइतेमध्ये राउतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उनको धरानस्थित बीपी प्रतिष्ठानमा उपचारका लागि लगिएको र थप उपचारका लागि विराटनगर लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले जानकारी दिए । हवल्दार श्रेष्ठको प्रतिष्ठानमै उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ ।
प्रहरी निरीक्षक बस्नेतकै कमाण्डमा चेकिङमा खटिएको बेला सो दुर्घटना भएको प्रहरीले जनाएको छ । धरान–१५ संगम चोकस्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१५प ५९८० नम्बरको मोटरसाइकलले हवल्दार श्रेष्ठलाई ठक्कर दिएको थियो ।
हवल्दारलाई ठक्कर दिएको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक बस्नेत गम्भीर घाइते बनेको प्रहरीले जनाएको छ ।