चतराः बराहक्षेत्र नगरपालिका–२ मा नाम चलेको बोर्डिङ स्कुल हिमालयन इङलिस स्कुलको ३१ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।
प्रिन्सिपल आलोक श्रेष्ठको अध्यक्षतमा सम्पन्न कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका शिक्षा अधिकृत उत्तम भारती प्रमुख अतिथि थिए ।
कार्यक्रममा नतिजा प्रकाशन तथा पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रममा कषा नर्सरीदेखि कक्षा–९ सम्म पहिलो, दोस्रो र तेसो हुने छात्रछात्रालाई पुरस्कृत समेत गरिएको थियो भने अनुशासित, सफा सुग्घर, नियमित विद्यालय आउने विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा पत्रकार सन्तोष गुप्ता र हिमाल राईलाई सम्मान गरिएको थियो । प्रिन्सिपल श्रेष्ठ, प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका शिक्षा अधिकृत भारतीलगायतले उनीहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रममा स्वाग मन्तव्य कक्षा–८ की छात्रा युना थापा र कक्षा–१० की एङनिषा थापाले गरेका थिए भने कार्यक्रमको सञ्चालन ऋषिराज ाचार्य र गंगा दाहालले गरेका थिए । कार्यक्रममा शिक्षिका, विद्यार्थीले नृत्य पस्किनुका साथै विद्यार्थीले गीत समेत गाएर भरपुर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा मैनामैनी माविका शिक्षक देव थापा, समाजसेवी शारदा खड्का, शिक्षक देवान राई, पत्रकार हिमाल राई, सन्तोष गुप्तालगायतको उपस्थिति थियो । कार्यक्रममा वार्षिक परीक्षामा उत्तीर्ण विद्यार्थीलाई रिपोर्ट कार्ड समेत वितरण गरिएको थियो ।
हिमालयन स्कुल चतरामा नाम चलेको र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको स्कुल हो । यहाँका विद्यार्थी एसएलसी र एसईई परीक्षामा उत्कृष्ट नतिजासहित उत्तीर्ण हुँदै आएका छन् । गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि स्कुलले सक्दो जोड दिँदै आएको प्रिन्सिपल आलोक बताउँछन् ।







