Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको के के स्कुलमा ‘हयापीनेश पाठ्यक्रम’ पठनपाठन हुने

हाम्रो कोशी आवाज
बैशाख २२ २०७९, बिहिबार
धरानको के के स्कुलमा ‘हयापीनेश पाठ्यक्रम’ पठनपाठन हुने

धरानः धरान–१५ स्थित के के इन्टरनेशनल स्कुलले यस शैक्षिक सत्रदेखि ‘ह्यापीनेश पाठ्यक्रम’ को नेपाली रुपान्तरण जीवनमूल्य शिक्षालाई समावेश गरेर पठनपाठन थाल्ने भएको छ ।
स्कुलले एक विज्ञप्ति जारी गर्दै यस शैक्षिक सत्रबाट चेतना विकास फाउन्डेसनको सहकार्यमा जीवनमूल्य शिक्षा समावेश गर्न लागिएको जनाइएको छ । जीवन मूल्य शिक्षा ध्यान तथा सजगताको विकास गराउन, गहन विचार तथा चिन्तनको विकास गराउन, आत्मविश्वास तथा मनोहर व्यक्तित्वको विकास गराउन समावेश गर्न लागिएको स्कुलले जनाएको छ ।
त्यस्तै, स्वयं परिवार र समाजपति उत्तरदायी र जिम्मेवार बनाउन सिकाइप्रति जागरुक तथा सक्रिय बनाउन, सामाजिक भावनात्मक तथा संज्ञानात्मक योग्यताहरुको विकास गराउन, सामाजिक तथा व्यक्तिगत समस्याहरुलाई केलाउन र सहज उपायका बाटोहरु खोज्न सक्ने बनाउन समावेश गर्न लागिएको डाइरेक्टर प्रविन अग्रवालले जानकारी दिए । धरानमा पहिलोपटक यो पाठ्यक्रमलाई लागू गराउन लागिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: बैशाख २२ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend