Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा एक मतले हार्ने र जित्नेबीच रोचक भिडन्त

हाम्रो कोशी आवाज
बैशाख २५ २०७९, आइतबार
धरानमा एक मतले हार्ने र जित्नेबीच रोचक भिडन्त

धरानः धरान उपमहानगरपालिका वडा नम्बर ७ को वडाध्यक्ष पदका लागि दुईजनाको रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
यसअघि २०७६ को उपनिर्वाचनमा नेकपाबाट चुनाव लडेका जीवन सुवेदीले एक मतले विजयी बनेका थिए । नेपाली कांग्रेसका सुवर्ण पलिखेले ६२१ मत ल्याउँदा सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित निकालेका थिए ।
धरान उपहानगरपालिको मेयर र वडाध्यक्ष दुवैमा नेपाली कांग्रेसले जितेको भनेर विजय जुलुस हुँदै गर्दा एकाएक वडा नम्बर ७ को वडाध्यक्षमा नेकपाका सुवेदीले एक मतले जितेको आधिकारिक घोषणापछि अविर माला लगाएर विजयोत्सवमा रहेका कांग्रेसका पलिखेले माला फुकाल्नुपरयो ।
विजय उत्सव मनाइसकेपछि उनी एक मतले हारेको जानकारी निर्वाचन आयोगले गराएपछि उनले अविर पुछेर माला फुकाल्न पुगेका थिए । बदर भनिएको मत पुनः जाँच गर्दा सदर भएपछि नेकपाका सुवेदीले जितेका हुन् ।
यसपछि कांग्रेसले परिणाम अस्वीकार गर्दै पुनः मतगणनाको माग गरेको थियो । २०७४ मा एमालेका भुवन मोक्तानले वडाध्यक्षमा जितेको सो ठाउँमा यसपटक रोचक भिडन्त हुने देखिएको छ । वडाध्यक्ष भुवनराज मोक्तानको मृत्यु भएपछि उनी कार्यवाहक भएर काम गरेका थिए भने २०७६ को उपनिर्वाचनमा वडाध्यक्ष उठेर एक भोटले पराजित गरी भाग्यमानी वडाध्यक्ष बनेका थिए । २०७४ मा भुवनराज मोक्तानले ६३६ मत ल्याउँदा कांग्रेसका सुवर्ण श्रेष्ठले ३८५ मत मात्रै ल्याएका थिए ।
अहिले आफू एक मत मात्रै होइन धेरै मत ल्याएर जित्ने अभियानका साथ चुनावी घरदैलो र रणनीति अपनाउन थालेको पलिखे बताउँछन् । उता जीवन पनि एमालेले २०७४ र उपनिर्वाचनमा नेकपाले जित निकालेको हुनाले बिरासत कायम गर्न दौडिरहेको बताउँछन् । दुवै सामाजिक अभियन्ताका रुपमा चिनिएको हुनाले पनि यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको हो । मजदुर क्षेत्रबाट राजनीतिमा उदाएका सुवेदी २०५४ सालमा वडाध्यक्ष विजयी भएका थिए ।
सुवेदीको प्रतिबद्धता
२०३६ साल देखि राजनीतिमा लागेका सुवेदी २०५० सालसम्म मजदुर आन्दोलनमा सहभागी थिए र २०५४ सालमा वडाअध्यक्ष बनेका थिए । उज्यालो वडा, सुरक्षित वडा अभियान सञ्चालन गरि वडा भरि ४५ थान सोलर र स्टेट लाइटहरु जडान गरिएको छ । विपन्न ८९ परिवालाई स्वास्थ्य बिमा गरिदिएका छन् ।
कोभिडमा १९ मा निःशुल्क ६० दिनसम्म यातायातको सुविधा र दलित तथा विपन्न ५० परिवारलाई विद्युतीय चुला वितरण, लकडाउनमा राहत वितरण विपन्न परिवारलाई दाहसंस्कारको लागि निःशुल्क शववाहनको ब्यवस्था, बुद्धमार्ग परिवार नियोजनको सडक निर्माण आदि काम वडाध्यक्ष हुँदा गरेका थिए ।
आगामी दिनमा दिनमा पानमारा बस स्टेण्ड नजिकको खहरे नियन्त्रणलाई प्राथमिकता दिने उनले बताएका छन् । सडक, पुल निर्माणलाई अग्रता दिई निर्माण गर्ने, भूमिहीनलाई धनीपुर्जाको लागिपहल गर्ने, सुख्खायाममा समेत खानेपानीको सहज वितरणको ब्यवस्था गर्ने, एकल विधुवा महिलालाई आयमूलक कार्यको लागि तालिमको व्यवस्था गर्ने उनको योजना छ ।
सुवेदीले आफूले पाँच वर्षमा गरेको कामको मूल्याङ्कनमा आधार पनि जित्ने दावी गरेका छन् । ‘मैले गरेको धेरै राम्रा काम नै मेरो जित्ने आधार हो ।’ उनले भने ।
पलिखेको योजना
उनले निर्माणाधीन पार्क विषयमा भ्रष्टाचार भएको भनी वडाबासीको ब्यापक गुनासो रहेको हुँदा सो पार्कमा अहिलेसम्मको प्रगति विवरणको छानविन गरी गलत कार्य गरिरहेको पाइएमा सम्बन्धित निकायमा कारवाहीको लागि सिफारिस गरी सुशासन कायम गर्ने र बाँकी रहेको निर्माण कार्य वडाबासीहरुको सुझावअनुसार निर्माण समिति बनाई सोचेभन्दा राम्रो नगरमै चर्चित पार्क बनाउने बताए । उनले सो प्रतिबद्धता प्रतिबद्धता पत्रमा व्यक्त गरेका छन् ।
मर्मत सम्भारमा रहेका पुल मर्मत सम्भार साथै बाँकी रहेका कालोपत्रे सडकको लागि बजेट विनियोजन, हिमायती पथ, गोविन्द रोडदेखि तल बाँकी रहेको खोल्सीमा दुवैतिर आरसिसी ढलान गरी वाललगाउने उनको योजना छ । प्रत्येक चोकमा सिसी क्यामेरा, खाल्डाखुल्डीमुक्त वडा घोषणा, खानेपानीको समस्याका लागि दिनरात लागिरहने, दोभान लाइनको अव्यवस्थित खोल्सीलाई आरसिसी ढलान, प्रत्येक वर्ष वृद्धवृद्धा तथा बालबालिकाका साथै विद्यार्थीलाई धार्मिक अवलोकन, शैक्षिक भ्रमण गराउने उनले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।
यस्तै, ६५ वर्षमाथिका विपन्न वृद्धवृद्धालाई औषधि खर्चवापत मासिक १० हजार उपलब्ध गराउने उनले जानकारी दिए । वडालाई लामखुट्टेग्रस्त क्षेत्रको पहिचान गरी वडाकै बजेटबाट फगिङ मेसिन खरिद गरी डेङ्गुमुक्त वडा बनाउने उनको योजना छ ।
पलिखेले आफूले भ्रष्टाचारलगायतको कुरालाई प्राथमिकता दिँदै वडाको विकासमा भिजन भएकोले आफूले जित्ने दावी गरेका छन् । ‘खासमा मैले नै जित्ने हो’, उनले भने, ‘म यो वडालाई सुशासनयुक्त वडा बनाउन चाहन्छु ।’

प्रकाशित मिति: बैशाख २५ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend