Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा हुने भनिएको वाइवाइ एसईई आइडल र डान्सिङ स्टारको अडिसन चुनावपछि मात्रै

हाम्रो कोशी आवाज
बैशाख २६ २०७९, सोमबार
धरानमा हुने भनिएको वाइवाइ एसईई आइडल र डान्सिङ स्टारको अडिसन चुनावपछि मात्रै

धरानः धरानमा हुने भनिएको प्रदेश १ स्तरीय गायन प्रतियोगिता वाइवाइ (एसइई आइडल सिजन २) र नृत्य प्रतियोगिता (डान्सिङ स्टार सिजन १) को अडिसन चुनावपछि मात्रै हुने भएको छ ।
वैशाख २४ गते अडिसन राखिएको तर चुनावले गर्दा जेठ ७ गतेका लागि सारिएको आयोजकले जनाएको छ । फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल टिभी र फक्ताङलुङ खबर डटकमको आयोजनामा यसवर्ष डान्सिङ स्टार पनि थपेर दुवै प्रतियोगिता हुन लागेको हो ।
२०७५ सालमा पहिलोपटक ‘एसइई स्टेट १ आइडल’ आयोजना गरिएको र यस वर्षदेखि कार्यक्रम थपेर डान्सिङ स्टार पनि गर्न लागिएको प्रालिकाका अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए ।
‘गुणस्तरीय शिक्षा हाम्रो चाहना शिक्षासँगै विद्यार्थीको सर्वाङ्गीण विकास हाम्रो कामना’ भन्ने मूल नाराका साथ कार्यक्रम गर्न लागिएको हो । बालबालिकाहरुमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन यस्तो कार्यक्रम गर्न लागिएको उनले जानकारी दिए ‘हरेक बालबालिकामा कुनै न कुनै आन्तरिक क्षमता, प्रतिभा वा विशेषता हुन्छ । त्यो क्षमता वा प्रतिभा प्रदर्शनका लागि उनीहरूले उचित अवसर पाउनुपर्छ भनेर कार्यक्रम आयोजना गरिएको हो’, उनले भने ।
दुवै प्रतियोगिताका लागि अझै फर्म खुल्ला रहेको र अनलाइन फर्म भर्न सकिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेताले नगद ५० हजारसहित एउटा गीत रेकर्ड, म्युजिक भिडियोमा खेल्ने अवसर, प्लस टु पढ्ने अवसर पाउनेछन् भने फस्ट रनरअपले ३० हजार, प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति, अन्य गिफ्ट ह्याम्पर, सेकेण्ड रनरअपले २० हजार, प्लस टु पढ्न ३० प्रतिशत छात्रवृत्ति, विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ । यसका साथै विभिन्न सब–टाइटलहरू पनि प्रदान गरिने प्रचारप्रसार इभेण्ट कोअर्डिनेटर तिर्थ कार्कीले जानकारी दिए ।
प्रतियोगितामा भर्खरै एसईई दिएर बसेका छात्रछात्राहरूले भाग लिन पाउनेछन् । २०७५ सालमा गौरव राई विजेता, राज लोहार फष्ट रनरअप र मिक्सोहा लिम्बू सेकेन्ड रनरअप भएका थिए ।

प्रकाशित मिति: बैशाख २६ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend