Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१५ को हिबिस्कस स्कुलको नतिजा प्रकाशन र अभिभावकसँग भेटघाट

हाम्रो कोशी आवाज
बैशाख २९ २०७९, बिहिबार
धरान-१५ को हिबिस्कस स्कुलको नतिजा प्रकाशन र अभिभावकसँग भेटघाट

धरानः धरान-१५ स्थित हिविस्कस इङ्लीस बोर्डिङ स्कुलले २०७९ सालको नतिजा प्रकाशन गरेको छ ।
वार्षिक परीक्षाको नतिजा प्रकाशनका साथै अभिभावकसँग भेटघाट कार्यक्रम राखिएको स्कुलका सञ्चालक, प्रबन्ध निर्देशक गंगाराम राईले जानकारी दिए । स्कुलले अझै के गर्नुपर्छ, कसरी अझै गुणस्तरीय र स्कुलमा विद्यालय तहदेखि नै सीपयुक्त शिक्षा दिन सकिन्छ भनेर भेटघाट र छलफल कार्यक्रम राखिएको उनले जानकारी दिए ।
स्कुलका कोअर्डिनेटर विजयसिंह थेबेले अभिभावकबाट विद्यालयका विद्यार्थीले विद्यालय तहदेखि व्यवहारिक कुरा सिक्नु र सिकाउनु जरूरी रहेको प्रतिक्रिया आएको जानकारी दिए ।
धरान–१५ को सर्वाेत्कृष्ट विद्यालयको रुपमा परिचित भएको विद्यालयले यस वर्षदेखि अभिभावको राय, सुझावलाई मध्यनजर गर्दै थप गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको उनले जानकारी दिए । ‘विगतमा पनि अत्यन्तै राम्रा नतिजाहरु ल्याउँदै आएको विद्यालयले थप गुणस्तरीयता कायम गर्दै लाने योजना बनाएका छौं’, उनले भने ।
उनले विद्यालयले पढाइका साथै अतिरिक्त क्रियाकलापलाई पनि सक्दो जोड दिँदै जाने बताए ।

प्रकाशित मिति: बैशाख २९ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend