Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-११ को ज्ञानकुञ्ज स्कुलमा जमानाअनुसारको शिक्षा

हाम्रो कोशी आवाज
जेष्ठ ४ २०७९, बुधबार
धरान-११ को ज्ञानकुञ्ज स्कुलमा जमानाअनुसारको शिक्षा

धरानः धरान-११ सयपत्री मार्गमा अवस्थित ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुल जमानाअनुसारको शिक्षा दिने विद्यालय हो । सर्वसुलभ गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षा भन्ने नाराका साथ स्थापित विद्यालय अहिले समयअनुसार चलिरहेको विद्यालय सञ्चालकहरु बताउँछन् ।
‘समयअनुसार चल्नुपर्छ भन्ने स्कुल सञ्चालकहरुले बुझिसकेका छन्’, प्रिन्सिपल अरुण राई भने, ‘जमानाअनुसारको शिक्षा दिन हामी तल्लिन छौं ।’ सबै अभिभावकको पहुँच नपुग्ने परिस्थितिलाई नजरअन्दाज गरी समय सान्दर्भिक शुल्क, समाजका सबै वर्ग र तहका विद्यार्थीका लागि समयसापेक्ष आम जनमानसको माग अनुसारको अङ्ग्रेजी माध्यमको शिक्षा सर्वसुलभ रूपमा प्रदान गर्ने उद्देश्यका साथ विद्यालय स्थापना भएको उनको भनाइ छ ।
भौतिक पूर्वाधारले सम्पन्न आफ्नै भवन, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, सफा स्वच्छ खानेपानी, स्कुल बस विद्यालयको विशेषता तथा सुविधाहरू हुन् । यस्तै, बालमैत्री विद्यालय, अनुभवी शिक्षक–शिक्षिकाहरुबाट अध्यापन गराइने, मन्टेश्वरी प्रयोगात्मक कक्षा (पिजी कक्षा–२), भूकम्प प्रतिरोधात्मक भवन, विद्यार्थीको स्वास्थ्यमा प्राथमिकता, मासिक स्वास्थ्य जा“चको व्यवस्था, विभिन्न अतिरिक्त क्रियाकलाप साथै खेलकुद, एकल महिला तथा शारीरिक अपाङ्गता भएकालाई ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था पनि स्कुलले गरेको छ । विद्यार्थीको अनुशासनलाई ख्याल गर्दै सिसी क्यामेराबाट कक्षा–१ देखि कक्षा–१० सम्म निगरानी हुने गरेको छ ।
हाल विद्यालय शैक्षिक क्षेत्रमा नवीनतम् र आधुनिक पद्दतिको प्रयोग गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि अघि बढिरहेको छ । ‘विश्वमा बदलिएको शैक्षिक परिवेशलाई म्याच गर्ने गरी शिक्षा प्रदान गर्नु हामीले आफ्नो दायित्व सम्झेका छौं,’ प्रिन्सिपल राईले भने, ‘त्यसैले बालबालिकाहरूलाई समयानुकूल गुणस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो जमर्को निरन्तर जारी छ ।’
अनुशासनलाई मुख्य ध्यान दिने स्कुलले अतिरिक्त क्रियाकलाप र सिकाइलाई पहिलो प्राथमिकतामा राखेको उनले बताए । सङ्गीत, नृत्य, खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले विशेष प्राथमिकता दिएको छ । आन्तरिक प्रतिष्पर्धासँगै अन्य प्रतियोगितामा हाल विद्यार्थी खरो उत्रिन थालिसकेका छन् ।
विद्यालयले पूर्णरूपमा अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन, सर्वसुलभ गुणस्तरीय शिक्षा, दक्ष शिक्षक–शिक्षिका, अतिरिक्त कक्षा, प्रशोधित पिउने पानीको व्यवस्था, दक्ष शिक्षक शिक्षिकाद्वारा मायालु र बालमैत्री वातावरणमा अध्यापन गरिने, यथेष्ट अतिरिक्त क्रियाकलाप आयोजना, विद्यार्थीलाई गृहकार्य गर्न सहजकता गराउँदै आएको सञ्चालकमध्येका विष्णुकमल राई बताउँछन् ।

प्रकाशित मिति: जेष्ठ ४ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend