Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-८ को सुम्निमामा गुणस्तरीय शिक्षा

हाम्रो कोशी आवाज
जेष्ठ ४ २०७९, बुधबार
धरान-८ को सुम्निमामा गुणस्तरीय शिक्षा

धरानः शिक्षा नै देश निर्माणको आधारशीला भन्ने मूल उद्देश्यका साथ २०४९ सालमा स्थापना भएको धरान–८ स्थित सुम्निमा सेकेण्डरी बोर्डिङ स्कुल २५ वर्ष पुगेर रजत जयन्ती पनि मनाइसकेको छ । अहिले सो स्कुल २९ वर्षमा प्रवेश गरिसकेको छ ।
शहरभित्र रहेर पनि शान्त तथा सुरक्षित वातावरणमा सञ्चालित यो विद्यालय धरान–८ स्थित गुम्बामार्गमा रहेको छ । विद्यालय गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध छ । कुशल व्यवस्थापनमा सञ्चालित यो विद्यालयमा प्ले गु्रपदेखि माध्यमिक शिक्षासम्म अध्यापन हुने गरेको छ । दक्ष शिक्षक–शिक्षिकाद्वारा अध्ययन अध्यापन हुने यो विद्यालयले समाज विकासका लागि महत्वपूर्ण योगदान गरेको छ ।
अन्य विद्यालयको दाँजोमा न्यून शुल्क, पर्याप्त भौतिक सुविधा, आफ्नै भवन, खुला क्षेत्र, खेल मैदान भएको यो विद्यालय कक्षा १० सम्म सञ्चालन हँुदै आएको छ । विशेषगरी आफ्ना छोराछोरीलाई समाजसँग घुलमिल गर्न सजिलो होस् भन्ने उद्देश्यले सामाजिक क्रियाकलापमा बढी केन्द्रित यस विद्यालयमा व्यावहारिक ज्ञान र सीपसँग जोडेर प्रयोगात्मक कक्षा सञ्चालन हुने गरेको छ ।
विद्यालयमा पढाइका अलवा अतिरिक्त क्रियाकलाप, कला र संस्कृतिसँग मेल खाने विभिन्न विधामा पठनपाठन हुने गरेको छ । अन्य विद्यालयको तुलनामा पूर्ण फरक विद्यालयका रुपमा परिचय कमाएको यो विद्यालयले सर्वसुलभ शुल्कमा इन्फोग्राफिक्स तरिकाले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, लाइब्रेरी, स्कुल बस, मन्टेश्वरी बेसमा अध्ययन अध्यापन रहेको विद्यालयमा उत्कृष्ट शिक्षकहरूले पठनपाठन गराउँदै आएका छन् । स्कुलले विशेषतः जुडो, बास्केटबल, भलिबल, फुटबल जस्ता खेलकुदका क्रियाकलापमा पनि जोड दिँदै आएको छ । यस्तै, चित्रकला, नृत्य कक्षा पनि सञ्चालन गरेको छ भने बेलाबेलामा फिल्डमा पनि लाने गरेको छ । जस्तै, हाइकिङ, भ्रमण आदि । विद्यालयका शिक्षकले समयसमयमा विज्ञहरूबाट शिक्षण तालिम लिने गरेका छन् । विद्यालयले प्रत्येक वर्ष विद्यार्थीलाई शैक्षिक भ्रमण, शिक्षक अभिभावक भेला, विभिन्न पर्यटकीय क्षेत्र भ्रमण गराउने गरेको छ ।
विद्यालयका प्रिन्सिपल युवा राई विद्यालयले अनुशासन, गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई सरिक गराउँदै विद्यालय अघि बढेको बताउँछन् । उनले गुणस्तरीय शिक्षासँगै विद्यार्थीमा लुकेर रहेको प्रतिभा बाहिर ल्याउन अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिएको बताए । ‘यहाँका विद्यार्थी जुनसुकै प्रतियोगितात्मक कार्यक्रममा भाग लिएकै हुन्छन् र अहिलेसम्म हारेका पनि छैनन् ।’ उनले साविक एसएलसीदेखि हालको एसईईसम्म आइपुग्दा विद्यार्थी शत प्रतिशत उत्तीर्ण हुँदै आएको बताए ।
‘यहाँसम्म एसइईमा सहभागिता भएर यहाँका विद्यार्थीले डिष्टिङ्शनसहित शत प्रतिशत नतिजा निकाल्न सफल भएका छन्, यो भन्दा गौरव र खुशीको कुरा केही हुन सक्दैन ।’ प्रिन्सिपल राईले भने । उनले यसअघिका विद्यार्थी देशविदेशसम्म पुगेर पनि प्रगति गर्न सफल भएको बताए । ‘यहाँका उत्पादन कोही डाक्टर बने, कोही इन्जिनियर, कोही नर्स साथै शिक्षक बन्दै अभिभारा पूरा गर्दै आएका छन्, विद्यार्थीले यसरी प्रगति गर्दै जाँदा गौरव र खुशी लाग्दछ ।’
उनले अभिभावकको पनि प्रयासले विद्यार्थीले सफलता हासिल गरेको बताए । ‘अहिले पनि हामी गुणस्तरको हिसाबले अघि नै छौं’, उनले भने, ‘यो प्रयासलाई अभिभावक, शिक्षकले सक्दो सहयोग गर्नुभएको छ ।’ उनले यहाँ अध्ययन सकेका विद्यार्थी देशविदेशसम्म पुग्न सफल भएकोमा गौरवान्वित बनेको बताए । उनले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई सक्दो जोड दिएकोले विद्यार्थीको प्रतिभा प्रष्फुटनमा सहयोग पुगेको बताए ।
‘दक्ष शिक्षक–शिक्षिका, सपोर्ट गर्ने अभिभावक, मिहिनेती विद्यार्थी अनि शुभचिन्तकको सपोर्टले नै यहाँसम्म आइपुग्यौं, गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भयौं, अझै सपोर्टको आशा लिँदै गुणस्तरीय शिक्षा दिने प्रतिबद्धता व्यक्त गर्दछौं ।’ उनले भने ।

 

प्रकाशित मिति: जेष्ठ ४ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend