Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा हर्कले पारे दलहरुलाई आच्छुआच्छु

हाम्रो कोशी आवाज
जेष्ठ ४ २०७९, बुधबार
धरानमा हर्कले पारे दलहरुलाई आच्छुआच्छु

धरानः धरान उपमहानगरपालिकामा दलहरुलाई स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले आच्छुआच्छु पारेका छन् ।
मतगणना सुरू भएयता कहिले दोस्रो र कहिले तेस्रो बन्दै आएका उनी अहिले पहिलो बनेका हुन् ।
धरान उपमहानगरापालिकाको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्रका उम्मेदवार हर्कले कांग्रेस र एमालेलाई पछाडि पारेका छन् । उनले जनताले मत दिएपछि दलहरूलाई आच्छुआच्छु पार्ने गरी मत ल्याइरहेका छन् ।
२८ हजार ५८७ मतगणना गर्दा उनले ८ हजार १४० मत ल्याएका छन् । यस्तै, कांग्रेसका किशोर राईले ८ हजार १२६, एमालेकी मञ्जु भण्डारीले ६ हजार ७१३ मत ल्याएकी छिन् । धरानमा एकातिर कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धन छ भने अर्कातिर एमाले उभिएको छ । राईलाई गठबन्धनको साथ छ भने भण्डारी एक्लै लडेकी छिन् ।
यस्तै, उपमेयरमा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ९ हजार १३६ र एमालेका पदम इश्वोले ८ हजार ८५१ मत ल्याएका छन् ।
ठूला दलहरूलाई नै चुनौती दिँदै अघि बढिरहेका उनले लोकप्रिय मत पाइरहेका हुन् । अहिले संयोगजस्तो नै छ, काठमाडौंमा कांग्रेस र एमाले उम्मेदवारलाई पछारिरहेका बालेन शाह र साम्पाङको चुनाव चिन्ह एउटै छ, लौरो । अहिले धरानमा लौरो अघि बढ्न थालिसकेको छ । सामाजिक मुद्दामा अभियान चलाइरहेका साम्पाङ धरानमा परिचित छन् । सामाजिक मुद्दामा आवाज उठाइरहने उनले धरानमा खानेपानीको मुद्दा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बचाउ अभियानमा पनि सक्रिय छन् ।

प्रकाशित मिति: जेष्ठ ४ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend