Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कमजोरलाई बुझने धरान-१५ को हिविस्कस स्कुल

हाम्रो कोशी आवाज
जेष्ठ ४ २०७९, बुधबार
कमजोरलाई बुझने धरान-१५ को हिविस्कस स्कुल

धरानः गुणस्तरीय शिक्षाको नारा दिएर २०६४ सालमा स्थापना भएको धरान–१५ स्थित हिविस्कस इङ्लिस बोर्डिङ स्कुल शुरूमा थोरै विद्यार्थीबाट शुरु भएको थियो । प्ले गु्रपदेखि कक्षा–१२ सम्म अध्ययन–अध्यापन हुने विद्यालयमा विद्यार्थीहरूले अहिलेसम्म राम्रै पहिचान दिन सकेको छ ।
स्कुल बस, होस्टल, कम्प्युटर कक्षा, विभिन्न अतिरिक्त क्रियाकलापमा प्रशिक्षण, टेबलटेनिस, ब्याडमिन्टन, विज्ञान प्रयोगशाला, पुस्तकालय, खेलकुद सामग्री, शुद्ध र सफा खानेपानीका लागि फिल्टर, शौचालय, दक्ष शिक्षक–शिक्षिका, नृत्य, सङ्गीत कक्षाका लागि दक्ष शिक्षकको व्यवस्था, प्ले गु्रपका लागि छुट्टै कक्षा साथै खेल सामग्रीको पर्याप्त व्यवस्था यस विद्यालयका आकर्Èण तथा विशेषता हुन् ।
यस्तै आर्थिक विपन्नलाई न्युन शुल्कमा अध्ययन अध्यापन, दलितलाई तोकेबमोजिमको निःशुल्क शिक्षा प्रदान गर्दै आएको हिविस्कसले हाल नयाँ भवनमा पठनपाठन गराउँदै आएको छ । विद्यालयले पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै आएको छ । विद्यालयले बाह्य अतिरिक्त ज्ञान प्रदान गर्न खेलकुदका गतिविधि (फुटबल, भलिबल, फुटसल) साथै गीत, सङ्गीत, कथा, कविता लेखन, चित्रकला, हेन्डराइटिङ र विभिन्न ठाउँको भ्रमण पनि गराउँदै आएको छ ।

विद्यालयले कमजोर विद्यार्थीको मनोविज्ञान बुझ्छः गंगाराम कुलुङ, सञ्चालक, प्रबन्ध निर्देशक

यो विद्यालय कस्तो विद्यालय हो ?
यो विद्यालयले हालसम्म ‘क्वालिटी एजुकेशन’ प्रदान गरिरहेको छ । हाल नयाँ व्यवस्थापनका साथ अघि बढिरहेको छ । शिक्षक–शिक्षिकालाई मन्टेश्वरी ट्रेनिङ प्रदान गरिसकेका छौं । यो विद्यालयले विशेषतः कमजोर विद्यार्थीको पनि मनोविज्ञानलाई बुझेर अघि बढाउँदै आएका छौं ।
अहिले यस विद्यालयमा कतिसम्म विद्यार्थीले अध्ययन गर्न पाउँछन् ?
–प्ले गु्रपदेखि १२ कक्षासम्म यहाँ विद्यार्थीले अध्ययन गर्न पाउँछन् ।
यस विद्यालयको भर्ना शुल्कबारे भनिदिनुहोस् न ।
–न्युन शुल्कमा भर्ना लिइन्छ । न्यून शुल्कमै मासिक फि लिँदै आएका छौं । यस्तै, न्यून आयस्तरका अभिभावकलाई मध्यनजर गरेर स्कुलले विशेष छुटसहित अध्ययन अध्यापन गराउँदै आएका छौं । यस्तै, मासिक शुल्क पनि न्यून आयस्तरका विद्यार्थीलाई पनि सहुलियत छ । त्यसैले सारांशमा भन्दा न्यून आयस्रोत भएका बालबालिकाहरूले पनि शिक्षा पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
अन्य विद्यालयभन्दा यस विद्यालयको भिन्नता के हो ?
–गुणस्तरीय शिक्षा, दक्ष शिक्षक–शिक्षिका, निमावि तहमा विशेष गरेर मन्टेश्वरी मेथडबाट अध्ययन अध्यापन हुन्छ । अतिरिक्त क्रियाकलापलाई पनि जोड दिँदै आएको छ । खेलकुदका विधामा फोकस गरेका छौं । अभिभावकलाई के होस् भन्ने चाहना हुन्छ भने नानीहरूको पढाइ होस्, अतिरिक्त क्रियाकलापमा जोड दिइयोस् भन्ने हुन्छ । त्यसैले यस्ता कुरामा पनि ध्यान दिएका छौं । यस्तै, कमजोर विद्यार्थी छन् उनीहरूको पढाइ राम्रो बनाउन पनि लागिपरेका छौं ।

प्रकाशित मिति: जेष्ठ ४ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend