‘गुणस्तरीय शिक्षा’ को नारा दिएर २०४५ सालमा स्थापना भएको धरान–१२ स्थित सुनाखरी एकेडेमी पहिला थोरै विद्यार्थीबाट सुरु भएको थियो ।
‘यो घडीसम्म आइपुग्दा हामीले गुणस्तरीय शिक्षा मात्रै प्रदान गरेनौं, देश–विदेशसम्म पुगेर विद्यार्थीले पहिचान बढाउँदा खुशी लाग्छ ।’ स्कुलका प्रिन्सिपल मिलनकुमार राई भन्छन् । प्ले गु्रपदेखि कक्षा–१२ सम्म अध्ययन–अध्यापन हुने विद्यालयमा विद्यार्थीहरुले अहिलेसम्म राम्रै पहिचान दिन सकेकोमा प्रिन्सिपल राई खुशी व्यक्त गर्छन् । २०६८ सालदेखि विद्यालयका विद्यार्थीहरु एसएलसी र एसईईमा डिस्टिङसनसहित शतप्रतिशत प्रथम श्रेणीमा उत्तीर्ण हुँदै आएका छन् ।
अधिकांश विद्यार्थीले देश–विदेशसम्म पुगेर पढेका मात्रै छैनन्, विभिन्न ठाउँमा आत्मनिर्भर बनेर पनि देखाइसकेका छन् । विद्यार्थीले देश–विदेशसम्म नर्सिङ, बैंकिङ, स्वास्थ्य, शिक्षा क्षेत्रमा सहभागिता जनाइरहेका छन् । यसैगरी अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाएर पदक जितिसकेका छन् । विशेषतः नृत्य, कराँते, ब्याडमिन्टन, टेबलटेनिस, उसु, तेक्वान्दोलगायत अन्य क्रियाकलापमा पनि विद्यार्थीले राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक हात पारेको प्रिन्सिपल राईले जानकारी दिए ।
फुटबल, भलिबल, बास्केटबल, वादविवाद, क्वीज, गीत–संगीत जस्ता अतिरिक्त क्रियाकलापअन्तर्गतका जिल्लाव्यापी तथा स्थानीयस्तरमा सहभागिता जनाएर विद्यार्थीहरुले पुरस्कार जितिसकेको प्रित्सिपल राई बताउँछन् । ‘राष्ट्रिय होस्, अन्तर्राष्ट्रिय होस्, जिल्ला होस् वा स्थानीयस्तरका विविध कार्यक्रम, हाम्रा विद्यार्थी हारेका छैनन्, पहिलो, दोस्रो, तेस्रो स्थान हात पारेकै छन् ।’ उनले भने ।
यस विद्यालयमा पढेका विद्यार्थीहरुले यसरी सहभागिता जनाएर विद्यालयकै गौरव र पहिचान बढाउनु खुशीको कुरा भएको डाइरेक्टर प्रदीप राई बताउँछन् । दक्ष शिक्षक–शिक्षिका, परिश्रमी विद्यार्थी र अभिभावकहरुको सहयोगले राम्रो नतिजा निस्किएको उनी बताउँछन् । भौतिक पूर्वाधार, शिÔकको उपलब्धता र व्यवस्थापकीय क्षमताका कारण विद्यालयले प्रगति गर्न सकेको उनी बताउँछन् । अघिल्लो वर्षदेखि प्लस टुअन्तर्गत म्यानेजमेण्ट सङ्कायमा अध्ययन अध्यापन थालिएको र यस वर्षदेखि कम्प्युटर साइन्स र होटल म्यानेजमेण्ट थप गरेर पठनपाठन थालिने प्लस टु कोअर्डिनेटर टपकुमार राईले जानकारी दिए ।
नियमितरुपमा परीक्षा, मूल्याङ्न र कक्षा सञ्चालनमा तदारुकताका कारणले विद्यालय अघि बढेको सहायक प्रिन्सिपल अशोक लिम्बू बताउँछन् । स्कुल बस, होस्टल, कम्प्युटर कक्षा, कराते प्रशिक्षण, टेबलटेनिस, ब्याडमिन्टन, विज्ञान प्रयोगशाला, पुस्तकालय, स्तरीय कम्प्युटर ल्याब, खेलकुद सामग्री, शुद्ध र सफा खानेपानीका लागि फिल्टर, शौचालय, बोडर्स–डे–बोडर्स, दक्ष शिक्षक–शिक्षिका, नृत्य, संगीत कक्षाका लागि दक्ष शिक्षकको व्यवस्था, प्ले गु्रपका लागि छुट्टै कक्षा साथै खेल सामग्रीको पर्याप्त व्यवस्था यस विद्यालयका आकर्षण तथा विशेषता हुन् । होस्टल, डेबोडर्स, बोडर्सको व्यवस्था रहेको विद्यालयमा पारिवारिक वातावरणमा स्वस्थ खानाको व्यवस्था गरिएको छ । विद्यालय प्राङ्गणमै सञ्चालित होस्टलमा विद्यार्थी र अभिभावक पनि सन्तुष्ट रहेको प्रिन्सिपल राई बताउँछन् ।
गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा विशेष जोड

प्रिन्सिपल मिलनकुमार राई
विद्यालय यतिका वर्ष आइपुग्दा कस्तो अनुभव गर्नुभएको छ ?
–हामीले गुणस्तरीय शिक्षामा जोड दिँदै एउटा छुट्टै पहिचान बनाउन सफल भयौं जस्तो लाग्छ । गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलापमा विशेष जोड र अनुशासनलाई जोड दिँदै अघि बढेको विद्यालयलबाट उत्पादित विद्यार्थीले कोही डाक्टर, कोही नर्स त कोही अन्य क्षेत्रमा कार्य गरेर प्रगति गरेको देख्दा हाम्रो उद्देश्य र लक्ष्य पूरा हुँदै गएको हो भन्ने अनुभव गरेका छौं ।
विद्यालयका सुविधा र विशेषताहरु के–के छन् ?
–स्कुल बस, होस्टल, कम्प्युटर कक्षा, कराते प्रशिक्षण, टेबलटेनिस, ब्याडमिन्टन, विज्ञान प्रयोगशाला, पुस्तकालय, स्तरीय कम्प्युटर ल्याब, खेलकुद सामग्री, शुद्ध र सफा खानेपानीका लागि फिल्टर, शौचालय, बोडर्स–डे–बोडर्स, दक्ष शिक्षक–शिक्षिका, नृत्य, संगीत कक्षाका लागि दक्ष शिक्षकको व्यवस्था, प्ले गु्रपका लागि छुट्टै कक्षा साथै खेल सामग्रीको पर्याप्त व्यवस्था यस विद्यालयका आकर्षण तथा विशेषता हुन् ।
विद्यार्थीहरु देश–विदेशसम्म पुगेर प्रगति गर्न सफल भएका छन् । यसको श्रेय कसलाई जान्छ ?
–दक्ष शिक्षक–शिक्षिका, हाम्रा लगनशील र मिहिनेती विद्यार्थीका साथै अभिभावक र धरानभरका सचेत नागरिकलाई यसको श्रेय जान्छ ।
आगामी योजना के छ ?
–हामीले अघिल्लो वर्ष म्यानेजमेण्ट सङ्कायमा कक्षा–११ र १२ सञ्चालन गरेका थियौं । यो वर्षदेखि होटल म्यानेजमेण्ट र कम्प्युटर साइन्स थप्दै गुणस्तरीय शिक्षालाई कायम राख्दै अघि बढ्नेछौं ।













