Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको युएन कलेजले ‘दशक महोत्सव’ भव्यरुपमा मनाउने

हाम्रो कोशी आवाज
जेष्ठ ५ २०७९, बिहिबार
धरानको युएन कलेजले ‘दशक महोत्सव’ भव्यरुपमा मनाउने

धरानः धरान–१६ स्थित युएन कलेज एण्ड नवोदय प्लस टु ले १० वर्ष पुरा गरेको अवसरमा भव्यरुपमा दशक महोत्सव मनाउने भएको छ ।
यही जेठ ७ गते स्थापनाको १० वर्ष पूरा भएको हुनाले दशक महोत्सव मनाउने अन्तिम तयारी थालिएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए ।
धरान–१५ स्थित किरात याक्थुम चुम्लुङको हलमा भव्यरुपमा दशक महोत्सव मनाउने भएको हो । २०६८ सालमा ११ जना विद्यार्थीबाट शुरु भएको कलेजले हालसम्म १० हजार विद्यार्थी उत्पादन गरिसकेको र हाल आएर कलेज प्रदेश १ कै ‘ब्राण्ड’ कलेजका रुपमा स्थापित हुँदै अघि बढिरहेको छ । ‘कलेजले धरानलाई शैक्षिक क्षेत्रको हब बनाउन सहयोग गरिरहेको छ, साथै कलेजले प्रदेश १ मै ब्राण्ड पनि बनाएको छ’, कलेजका अध्यक्ष ज्ञानेश्वर झा भन्छन्, ‘कलेजबारे धेरै कुरामा अवगत भएपनि थप जानकारी दिन यस्तो कार्यक्रम आयोजना गरेका हौं ।’
क्याम्पस प्रमुख तुम्बापोले प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फे (राई) को प्रमुख आतिथ्यमा कार्यक्रम हुने जानकारी दिए । कार्यक्रममा कक्षा–१२ र बीबीएस चौंथो वर्षका विद्यार्थीहरूलाई विदाइ कार्यक्रम साथै बीबीएस पहिलो वर्ष र बीएचएम पहिलो वर्षका विद्यार्थीहरूलाई स्वागत गर्ने कार्यक्रम राखिएको उनले जानकारी दिए ।
उनले दशक महोत्सवकै अवसर पारेर विभिन्न विधामा उत्कृष्ट हुने तथा उत्कृष्ट अङ्क ल्याएर पास हुने विद्यार्थीहरूलाई अवार्ड तथा पुरस्कार दिएर सम्मान गर्ने कार्यक्रम रहेको क्याम्पस प्रमुख तुम्बापोले बताए । उनका अनुसार धरान कार्यक्षेत्र बनाएका शैक्षिक क्षेत्रमा कलम चलाउने पत्रकार, खेलकुद तथा शैक्षिक क्षेत्रमा काम गर्ने व्यक्तित्वहरूलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: जेष्ठ ५ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend