धरान-१७ स्थित इष्टर्न एजुकेशनल एकेडेमी विद्यार्थी र अभिभावकका लागि छुट्टै पहिचान बन्न सफल भएको छ । विद्यार्थीलाई जीवनमा केही गर्न सिकाउने उद्देश्यसहित स्थापित स्कुल शिक्षामा अब्बल बन्दै मात्रै गएको छैन अभिभावकले रूचाउने विद्यालय बन्दै गएको छ ।
शिक्षा र खेलकुदलगायत अन्य अतिरिक्त क्रियाकलापको क्षेत्रमा एउटा बेग्लै पहिचान बनाएको विद्यालय हो यो स्कुल । विद्यार्थीलाई पढाइसँगसँगै अतिरिक्त क्रियाकलापको क्षेत्रमा पनि अब्बल बनाउँदै लगेपछि अभिभावकले रूचाएको विद्यालयमा पर्ने गरेको हो ।
अभिभावकको विश्वासलाई सहजै जित्न सफल भएको विद्यालयले नानीहरुको पढाइमा दत्तचित्त भएर लागि परेको छ । बौद्धिक विकास, चरित्र निर्माण र अनुशासनलाई मुख्य विषयका साथ लागि परेको विद्यालयले विद्यार्थीहरूलाई सामाजिक संस्कार समेत सिकाउन सफल भएको छ ।
‘हामी सधैँ विद्यार्थीको भविष्यप्रति चिन्तित छौं’, विद्यालयका प्रिन्सिपल पवन तामाङले भने, ‘हाम्रो मुख्य लक्ष्य नै विद्यार्थीको भविष्य निर्माण गर्ने भएकाले उनीहरूलाई राम्रो गर्न सकियो भने मात्र हाम्रो पनि लगानीअनुसारको प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने हो । यदि लगानी गरेर मात्र त्यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकिएन भने त्यसको कुनै औचित्य हुँदैन । हामी जागिर खोज्ने होइन, जागिर प्रदान गर्ने शिक्षा दिन चाहन्छौं ।’
खेलकुद तथा अतिरिक्त क्रियाकलापमा निरन्तर अब्बल रहेको यस विद्यालयका विद्यार्थीले विभिन्न अतिरिक्त क्रियाकलामा भाग लिने गरेका छन् । साँस्कृतिक क्षेत्रमा पनि उत्तिकै अब्बल रहेको विद्यालयले विद्यार्थीहरूलाई पढाइसँगसँगै अतिरिक्त क्रियाकलापमा सहभागी गराउन सफल भएको छ । नगर, जिल्लामा हुने हरेक साँस्कृतिक कार्यक्रम, खेलकुदका गतिविधिमा कुनै न कुनै उपाधि ल्याउन सफल भएको छ ।
‘पढाइ मात्र सिकाइ होइन’, स्कुलका सहायक प्रिन्सिपल प्रकाशकुमार तामाङले भने, ‘पढ्न जान्नेले पढेर खाला तर, पढ्न नसक्ने कमजोर विद्यार्थीले पनि भविष्यमा केही गर्न सक्छ भन्ने हाम्रो मान्यता हो । यसैले जो विद्यार्थी जुन क्षेत्रमा अब्बल छ, त्यसैमा उसलाई प्रेरित गर्दै हामीले उनीहरुलाई अवसर दिँदै आएका छौं । हामी अभिभावकले तिरेको शुल्कको सही सदुपयोग गरिदिन्छौं । ताकि उहाँहरूलाई आफ्ना नानीहरूका लागि गरेको खर्च खेर नजाओस् ।’ फुटबल, चेस र क्रिकेट, भलिबल, क्वीज, नृत्यकला, वक्तृत्वकला, साहित्यिक लेखनमा पनि विद्यार्थीले सहभागिता जनाउँदै आएका छन् ।
अभिभावकले तिरेको शुल्कको सही सदुपयोग गरिरहेका छौंः प्रिन्सिपल

प्रिन्सिपल पवन तामाङ
हामीले विद्यालयमा विद्यार्थीको पढाइका अतिरिक्त विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विविध अतिरिक्त क्रियाकलापमा ध्यान दिँदै आएका छौं । यसको परिणाम स्वरुप खेलकुद तथा अतिरिक्त क्रियाकलापको क्षेत्रमा हामी अब्बल बन्दै गएका छौं । दक्ष शिक्षक, शिक्षिका, परिश्रम गर्ने हाम्रा होनाहार विद्यार्थी, अभिभावकहरूको हामीप्रतिको विश्वास र सहयोग नै स्कुल यो अवस्थासम्म आउन सक्ने मुख्य माध्यम हो ।
यसैगरी कुनै पनि विद्यालय सञ्चालन गर्नका लागि अभिभावक, विद्यालय र विद्यार्थीको सम्बन्ध नङ र मासुको झैं हुनुपर्छ । त्यो त्रिपक्षीय सम्बन्ध हामीले कायम गर्न सकेका छौं । हामी हरेक समय विद्यार्थीले गरेका गतिविधिलाई अभिभावक समक्ष पुरयाउँछौं र अभिभावकहरूसँग राय, सुझाव लिन्छौं । उनीहरूको सल्लाहअनुसार विद्यार्थीको चौतर्फी विकास गराउन हामी तत्पर हुने गरेका छौं । यो नै हामीले पाएको सफलता हो भन्ने हाम्रो बुझाइ हो । साँच्चै भन्ने हो भने हामीले अभिभावकले तिरेको शुल्कको सही सदुपयोग गरेका छौं जस्तो लाग्छ ।





















