Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा हर्कको हर्क

हाम्रो कोशी आवाज
जेष्ठ ७ २०७९, शनिबार
धरानमा हर्कको हर्क

धरानः धरान उपमहानगरपालिकाको मेयरका लागि हर्क साम्पाङले मतान्तर बढाउँदै लगेका छन् ।
अहिलेसम्म धरानमा १७ वडाको मत गणना सम्पन्न भइसकेको छ । पछिल्लो मतगणनाअनुसार हालसम्म धरानमा १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १८ र १९ वडासहित १५, १६ र १७ नम्बरको मतगणना जारी छ ।
मेयरका प्रत्यासी स्वतन्त्रका हर्कले १३ हजार ५४६ मत प्राप्त गरी अग्रस्थान कायमै राख्दै आएका छन् । एमालेको पकड रहेको क्षेत्रमा हर्कले नै बढी मत ल्याइरहेका छन् । उनलाई कांग्रेसका किशोर राईले ११ हजार ६०६ मत प्राप्त गर पछ्याइरहेका छन् । नेकपा एमालेकी मञ्जु भण्डारीले ९ हजार ४५१मत प्राप्त गरेकी छन् । धरान–१७ मा साम्पाङलाई अझै धेरै मत खसेको उनका समर्थकहरुले बताएका छन् । धरान–१७ नै निर्णायक हुने ती समर्थक बताउँछन् ।
धरान १५ र १६ धेरै मतदाता भएको वडा हो । १५ मा वडाअध्यक्षमा एमालेका नरेश इवारम र १६ मा कांग्रेसका मुरारी भट्टराईको प्यानल नै अग्रता लिएको छ ।
उपमेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले १३ हजार ५७३ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । एमालेका पदम इस्वोले १२ हजार ७६१ मत प्राप्त गरी बेघालाई पछ्याइरहेका छन् ।

प्रकाशित मिति: जेष्ठ ७ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend