Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको युएन, नवोदय कलेजको दशक महोत्सव भव्य

हाम्रो कोशी आवाज
जेष्ठ ९ २०७९, सोमबार
धरानको युएन, नवोदय कलेजको दशक महोत्सव भव्य

धरानः शनिबार धरान–१६ स्थित युएन, नवोदय कलेजको ‘दशक महोत्सव’ भव्यरुपमा सम्पन्न भएको छ ।
१० वर्ष पूरा गरेको अवसरमा भव्यरुपमा दशक महोत्सव मनाइएको हो । यही जेठ ७ गते स्थापनाको १० वर्ष पूरा भएको हुनाले दशक महोत्सव मनाइएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए ।
धरान-१५ स्थित किरात याक्थुम चुम्लुङको हलमा भव्यरुपमा आयोजित कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फे (राई), कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक ज्ञानेश्वर झा, क्याम्पस प्रमुख तुम्बापो, होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ लगायतले प्रदेश, धरान प्रथम साथै उत्कृष्ट विद्यार्थीलाई सम्मान गरे ।
प्रदेश र धरान प्रथमलगायत उत्कृष्ट विद्यार्थी सम्मानित
कार्यक्रममा प्रदेश टपर बिएचएम चौथो सेमेष्टरकी प्रिजा डाँगीलाई नगदसहित सम्मान गरिएको थियो । उनलाई अभिभावककै उपस्थितिमा नगद २५ हजार, सर्टिफकेट प्रदान गरिएको थियो । यस्तै, धरान टप गर्ने बिएचएम दोस्रो सेमेष्टरका विकल सुनुवारलाई नगद १० हजारसहित सम्मान गरिएको थियो । यस्तै, बिएचएम प्रथम सेमेष्टरका मोष्ट रेगुलर विद्यार्थी आयुषनन्द लिम्बू, सन्ध्या थेगिम, वेल ग्रोमिङ विद्यार्थी बन्दना राई, सन्देश मगर, वेष्ट हस्पिटालिटी सोनी विश्वकर्मा, सागर तामाङलाई सम्मान गरिएको थियो ।
यस्तै, बिएचएम तेस्रो सेमेष्टरका मोष्ट रेगुलर मनिषा याक्खा, दिप्सन नेम्वाङ, वेल ग्रोमिङ आर्नेस कटवाल, प्रकृति देवान, वेष्ट हस्पिटालिटी रश्ना गुरुङ, प्रकाश राई साथै बिएचएम चौथो सेमेष्टरका मोष्ट रेगुलर जानुका राई, नविनकुमार राई, वेल ग्रोमिङ विनिता धिमाल, विकल सुनुवार, वेष्ट हस्पिटालिटी विरल सिजापति, व्रिटेनी लिम्बूलाई सम्मान गरिएको थियो । यस्तै, बिबिएस चौथो वर्षकी यमुना राईलाई वेष्ट स्टुडेण्ट अफ दि इयरको उपाधिसहित सम्मान गरिएको थियो । यस्तै, कलेजमा आयोजित टयालेन्ट शो, नृत्य, रयाप, चित्रकला, ह्याण्डराइटिङ, खेलकुदका गतिविधि (टेबलटेनिस, फुटसल, क्यारामबोर्ड, बास्केटबल, भलिबल) मा विजेता विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका प्रधानसम्पादक राजकुमार कार्की, एनप्याब्सन धरान नगरका अध्यक्ष भगत लिम्बू, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, पर्यटन उद्यमी बासु बराल, अध्यापकहरु विनुमान मोते, सुमन बाँस्कोटा, विष्णु दाहाल, विजय अछामी, नुर खान, विष्णु लिम्बू, सिर्जना लिम्बू, अनिमेस बाँस्तोला, जानुका तुम्बापो, राम लिम्बू, अञ्जु चौधरी, नाम्लिङहाङ चेम्जोङ, निरज मास्के, सिर्जना गिरी, कञ्चन सुवेदी लगायतको उपस्थिति थियो ।
कार्यक्रममा कार्यक्रमको औचित्यमाथि नवोदय विद्या मन्दिरका सहायक प्रिन्सिपल विद्याभुषण गुप्ताले गरेका थिए भने स्वागत मन्तव्य विद्यार्थी बिबिएस दोस्रो वर्षकी इरा शर्मा, बिएचएम तेस्रो सेमेष्टरकी समृद्धि राईले गरेकी थिइन् ।
कार्यक्रममा विद्यार्थीले गीत, नृत्य पस्किएर भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
२०६८ सालमा ११ जना विद्यार्थीबाट शुरु भएको कलेजले हालसम्म १० हजार विद्यार्थी उत्पादन गरिसकेको र हाल आएर कलेज प्रदेश १ कै ‘ब्राण्ड’ कलेजका रुपमा स्थापित हुँदै अघि बढिरहेको छ । ‘कलेजले धरानलाई शैक्षिक क्षेत्रको हब बनाउन सहयोग गरिरहेको छ, साथै कलेजले प्रदेश १ मै ब्राण्ड पनि बनाएको छ’, कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक झा भन्छन्, ‘कलेजबारे धेरै कुरामा अवगत भएपनि थप जानकारी दिन यस्तो कार्यक्रम आयोजना गरेका हौं ।’
तस्वीरहरुः हाम्रो कोशी आवाज

 

प्रकाशित मिति: जेष्ठ ९ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend