Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बाक्फोकले हानेर आमाको हत्या

हाम्रो कोशी आवाज
जेष्ठ १० २०७९, मंगलबार
धरानमा बाक्फोकले हानेर आमाको हत्या

धरानः धरान उपमहानगरपालिका–१४ विजयपुरका २५ वर्षीय सौगात सुवेदीलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
झापा चन्द्रगढी घर भई हाल हात्तीसार कलेज धरानको क्वाटरमा बस्दै आएकी ४२ वर्षीय शान्त सुवेदीलाई २५ वर्षीय छोरा सौगातले गत शनिबार दिउँसो साढे १ बजे धारिलो हतियार बाम्फोकले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घटनामा घाइते भएकी सुवेदीलाई तत्काल उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगी थप उपचारको लागि विराटनगरको न्यूरो अस्पताल लगिएको थियो । सो अस्पतालमा समेत उपचार हुन नसक्ने भनी चिकित्सकको सल्लाहअनुसार घर फिर्ता लैजाने क्रममा आज (मंगलबार) दिउँसो ३ बजे बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । घटनामा संग्लग्न रहेका सुवेदीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । उनी डिप्रेसनको बिरामी रहेको खुलेको प्रहरीले जनाएको छ । आमालाई बाम्फोक प्रहार गरेका सौगातले आफ्नै घाँटी पनि रेटेका थिए । सामान्य चोट लागेकाले शनिबार नै उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरेर निको भएका प्रहरीले जानकारी दिएको छ। सौगात शान्ताका सौतेनी छोरा भएको बताइएको छ। घटना के कारणले भएको भन्ने सम्बन्धमा अनुसन्धान भइरहको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: जेष्ठ १० २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend