Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जनताले रुचाए पुराना जनप्रतिनिधि !

हाम्रो कोशी आवाज
जेष्ठ १० २०७९, मंगलबार
धरानमा जनताले रुचाए पुराना जनप्रतिनिधि !

धरानः धरानका २० वटा वडामा आधाजसो पुराना वडाध्यक्ष दोहोरिएका छन् ।
मत परिणामअनुसार पुराना जनप्रतिनिधिबाट जनता सन्तुष्ट रहेको स्पष्ट भएको छ । पदमा रहँदा र अवसर पाएको बेलामा पनि नागरिकको मन जित्न सकेका जनप्रतिनिधिलाई जनताले पुनः अवसर दिएको मत परिणामले देखाएको छ । यसपटकका उम्मेदवार अग्र मतका साथ जनप्रतिनिधि चुनिएका छन् ।
धरान–७ नेकपा एमालेका उम्मेद्वार जीवन सुवेदीले जीत निकाले । उनी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । सुवेदीले ६७९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले प्रतिस्पर्धी सुवर्णमोहन पलिखेलाई १०७ मतान्तरले पछि पार्दै वडाध्यक्षमा विजयी भएका हुन् । पलिखेले ५७२ मत प्राप्त गरेका थिए । जीवन सुवेदी ७४ को निर्वाचनमा वडासदस्यमा निर्वाचित भएका थिए तत्कालीन वडाध्यक्ष भुवन मोक्तानको निधन पश्चात सुवेदी ७६ को उपनिर्वाचनमा विजयी भएका थिए । उनले निर्वाचनमा पनि सुवर्णमोहनलाई नै १ मतले पराजित गरेका थिए । सुवेदीको यो विजयी निरन्तर तेस्रो हो । सुवेदीसँगै उनको प्यानलको दलित महिला र खुल्ला सदस्य विजयी भएका थिए ।
धरान–१२ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । वडाअध्यक्षमा नेकपा एमालेका टंक राई ८१५ मत प्राप्त गरेर निवार्चित भएका छन् । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका विष्णु तामाङले ६७५ मत प्राप्त गरेका छन् ।

धरान–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले फेरि दोहोरिएका छन् । उनी २०७४ सालमा नेकपा एमालेबाट चुनाव लडेर निर्वाचित वडाध्यक्ष थिए । उनको प्यानलले नै धरान–१३ बाट जीत निकालेको छ । नेकपा एमालेबाट उम्मेदवारी दिएका उनले १५ सय ७३ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका पेम्बा तामाङले ११९५ मत प्राप्त गरेका छन् । काफ्ले ३७८ मतका साथ फराकिलो मतान्तरले विजयी भएका हुन् ।
उता धरान–१४ का कृष्णप्रसाद भट्टराई यसअघि पनि निर्वाचित जनप्रतिनिधि हुन् । उनले कांग्रेसबाट टिकट नपाएपनि राप्रपा नेपालबाट उठेर चुनाव जितेर दोहोरिने जनप्रतिनिधिमा परेका हुन् ।
उनले २१ सय ४० मत खसेकोमा उनले ९०५ मत ल्याएर विजयी बनेका छन् । धरानस्थित निर्वाचन कार्यालयका अनुसार उनले ९०५ मत ल्याउँदा नेपाली कांग्रेसका श्याम श्रेष्ठ (रुख) ले भने २९८ मत मात्रै ल्याए । वडाध्यक्षमा निर्वाचित भट्टराई २०७४ मा नेपाली कांग्रेसबाट चुनाव लडेर वडाध्यक्ष बनेका थिए । निकै राम्रो काम गरेको भन्दै प्रशंसा समेत पाएका उनले यसपटक पनि चुनाव जितेका हुन् ।
धरानको वडा नं १५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेबाट वडाअध्यक्षमा नरेश इवारम ३६ सय ०८ मत प्राप्त गरेर निवार्चित भएका छन् । उनले प्रतिस्पर्धी गठबन्धनका सुवास खवासलाई २४ सय २६ को फराकिलो अन्तरले पराजित गरे । खवासले ११ सय ८२ मत प्राप्त गरेका छन् । वडाअध्यक्ष इवारम दोस्रोपटक निवार्चित भएका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा पनि उनको प्यानल विजयी भएको थियो ।
धरान–१७ नेकपा माओवादी केन्द्रको साख जोगाउँदै सूर्यबहादुर भट्टराई (मनोज भट्टराई) दोस्रोपल्ट वडाध्यक्ष बनेका छन् । १७ मा अध्यक्ष साथै प्यानल नै विजयी भएको छ । अध्यक्षमा विजयी भट्टराईले २१ सय ७६ मत पाए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरसिंह राईले १४ सय ३६ र नेकपा एमालेकी कल्पना शेर्पाले १३ सय २ मत पाएकी छिन् ।
धरान–१९ मा नेकपा एमालेका उम्मेदवार पुर्ण बाहादुर लिम्बू वडा अध्यक्षमा पुनः दोहोरिएका छन् । २०७४ सालको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका उनी पुनः वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचन अयोगले दिएको जानकारी अुनसार लिम्बुले ९ सय २८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राजकुमार थोप्रा लिम्बूले ८ सय ४५ मत प्राप्त गरेका थिए ।
धरान–१८ को अध्यक्षमा कांग्रेसका नरेन्द्रकुमार राई (प्रविण) सहितको प्यानल निर्वाचित भएको छ ।
उनले एमालेका ऋषिराज राइलाई पराजित गर्दै आफ्नो टिमको विजय सुनिश्चित गरेका छन् । निर्वाचित नरेन्द्रले ७८४ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्दी एमालेका ऋषिले ३०६ मत प्राप्त गरे ।
एकजनाले हारे
धरान–१ मा दोहोरिन उम्मेदवारी दिएका रोशन अधिकारीले चुनावमा हारेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका वडाध्यक्ष उम्मेदवार यज्ञमणी आचार्यले त्यहाँ जीत निकाले ।
वडाध्यक्षमा आचार्यले ७५७ मत ल्याएर विजयी बने । राप्रपाका उम्मेदवार अधिकारीले ७०३ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार सुमन श्रेष्ठले १७७ मत ल्याएका थिए ।

प्रकाशित मिति: जेष्ठ १० २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend