धरानः बिहान करिब ५ः३० बजे धरान–५ तल्लो देउरालीमा काटिएको अवस्थामा शव फेला परेपनि अहिलेसम्म पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
तल्लो देउराली सुन्दर बस्ती छेऊस्थित सेउती खोलाको बगरमा एकिन नामथर वतन नखुलेको अन्दाजी वर्ष ३०–३५ को आर्य जातिको जस्तो देखिने पुरुष मानिसको मृत लाश फेला परेको प्रहरीले जनाएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट फोरेन्सिक डाक्टर तथा नेपाल प्रहरी प्रदेश कार्यालय धरान डग शाखाबाट विशेषज्ञ कुकुरसहितको टोली घटनास्थल गई हेर्दा मृतक व्यक्तिको गर्धनको भागमा धारिलो हतियारले काटिएको गहिरो चोट (टाउको) शरीरमा ढाड समेतमा धारिलो हतियारले काटी घोची घाउ चोट बनाएको अवस्थाको मृत लाश फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।

