Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा घरबाट मोटरसाइकल चढेर हिँडेका उनी फर्किएनन्

हाम्रो कोशी आवाज
जेष्ठ १२ २०७९, बिहिबार
धरानमा घरबाट मोटरसाइकल चढेर हिँडेका उनी फर्किएनन्

धरानः धरानमा बिहीबार बिहान भेटिएको बेवारिसे शवको पहिचान भएको छ ।
धरान–५ तल्लो देउराली सुन्दर बस्ती छेऊ सेउती खोला बगरमा बेवारिसे अवस्थामा भेटिएको शव धरान–११ निवासी व्यक्तिको भएको पत्ता लागेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।
डिएसपी श्रेष्ठले धरान–११ स्थित विष्णुचोक ठाडो सोलिङ बस्ने ३१ वर्षीय छोरा सन्दीप लम्जेलको शव रहेको बुबा मिठे सार्कीले पुष्टि गरेको बताए । ‘आफन्त मिडियामार्फत् समाचार आएपछि तस्वीर हेरेर यहाँ आइपुगेका थिए’, उनले भने, ‘आफन्त आएर आफ्नै छोरा हो भनेको पाइएको छ ।’
मृतकका बुबा मिठेले आफूले अनलाइन पत्रिकामा तस्वीर देखेको र सोही तस्वीरका आधारमा आफ्नो छोरा समेत बुधबार राति ७ बजे नै घरबाट निस्केको तर घर फर्की नआएकोले शंका लागेर पुगेर हेर्दा आफ्नै छोरा रहेको बताए । को२८प २५६८ नम्बरको ड्युक मोटरसाइकलमा एक्लै घरबाट निस्किएका सन्दीप अहिलेसम्म नफर्किएको उनले जानकारी दिए । सन्दीप कहिले पनि घर बाहिर एक्लै नबस्ने गरेको तर उनी एकाएक गायब बनेको उनले बताए ।
सन्दीप यसअघि टयाक्टरमा काम गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । घटनापछि मृतक सन्दीपले प्रयोग गर्ने मोबाइल तथा मोटरसाइकल समेत गायब रहेको प्रहरीले जनाएको छ ।
डिएसपी श्रेष्ठले काटेर हत्या गरेर बगरमा फालेको पाइएको जानकारी दिए । ‘हाम्रो अनुसन्धानले भन्छ, सन्दीपलाई काटेर हत्या गरेर फालेको हो ।’
उनका अनुसार सन्दीपको गर्धनको भागमा धारिलो हतियारले काटिएको, टाउको, शरीरको ढाडमा समेत धारिलो हतियारले काटेको, घोचेर चोट हुनुका साथै एउटा दाँत समेत झरेको अवस्थामा शव फेला परेको थियो । ‘अहिले हामी विशेष अनुसन्धानमा लागिसकेका छौं, मृतकको साथमा मोबाइल समेत नपाएकोले केही भन्न सक्ने अवस्थामा छैन, त्यसबारेमा सुक्ष्म अध्ययन थालिसकेका छौं ।’

 

प्रकाशित मिति: जेष्ठ १२ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend