Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा सहमति

हाम्रो कोशी आवाज
जेष्ठ १७ २०७९, मंगलबार
धरानको बीपी प्रतिष्ठानमा सहमति

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि पाँच सदस्यीय कार्यदल बनेको छ ।
धरान उपमहानगरपालिकाबाट एकजना, आन्दोलनरत पक्षबाट दुईजना र प्रतिष्ठानका तर्फबाट दुईजना गरेर पाँच सदस्यीय कार्यदल बनेको हो । सोमबार राति अबेरसम्म जारी वार्ताले सो निष्कर्ष निकालेको हो ।
घोपा बचाऊ अभियानका संयोजक सुदन गुरुङले आन्दोलनरत पक्ष, बीपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलगायतबीच सोमबार वार्ता भएको र वार्तामार्फत् पाँच सदस्यीय कार्यदल बनेको जानकारी दिए ।
घोपा बचाऊ अभियानले उठाएका मागहरुलाई सम्बोधन गर्ने र सम्बोधन भएनभएको अनुगमन हुने साथै अन्य के के कमजोरी छन् र सुधार गर्न सकिन्छ भनेर सुझाव पेश गर्ने सहमति बनेको
धरान उपमहानगरपालिकाका र आन्दोलनरत पक्षले सम्पूर्ण के के सुधार ल्याउने, के के कमी कमजोरी छन् सिफारिस गरेपछि सुधारको पक्षमा जाने समेत सहमति बनेको अभियानकर्मी नविन राईले जानकारी दिए । अभियानकर्मीले उठाएका साना साना माग १५ दिनभित्र पूरा गर्ने सहमति बनेको पनि उनले जानकारी दिए ।
उनका अनुसार शान्तिपूर्ण आन्दोलन १५ दिनसम्म चलिरहनेछ । ‘१५ दिनसम्म हाम्रो आन्दोलन चलिरहन्छ’, उनले भने, ‘१५ दिनभित्रमा सुधार भयो, भएन अनुगमन हुन्छ, सुधार भएन भने वृहत आन्दोलन शुरु हुन्छ ।’ उनले भने ।
उपकुलपति डा. गिरीले भने मागहरु सम्बोधन गर्दै अघि बढ्ने र प्रतिष्ठानलाई सुधार्न लागिपर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा उनले प्रतिष्ठानमा राजनीतिक खेल बढी हुने भएकोले यसतर्फ सबै सचेत हुनुपर्ने पनि धारणा राखेका थिए ।

प्रकाशित मिति: जेष्ठ १७ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend