Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मेयर हर्क साम्पाङको बीपीका पदाधिकारीलाई प्रश्नैप्रश्न

हाम्रो कोशी आवाज
जेष्ठ १८ २०७९, बुधबार
धरानका मेयर हर्क साम्पाङको बीपीका पदाधिकारीलाई प्रश्नैप्रश्न

धरानः धरानका मेयर हर्क साम्पाङ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीबीच सोमबार मेयरको कार्यकक्षमा वार्ता भएको छ ।
वार्तामा बीपी प्रतिष्ठानलाई कसरी सुधार गर्ने भन्ने विषयमा केन्द्रित थियो । मेयर साम्पाङले यति पुरानो एशियाकै ठूलो प्रतिष्ठान कहिले सुध्रिन्छ भन्दै प्रश्न गरेका थिए । साम्पाङको प्रश्नको उत्तर पनि पदाधिकारीहरुले दिएका थिए ।
सोमबार दिउँसो धरान उपमहानगरपालिकाका मेयर साम्पाङ, घोपा बचाऊ आन्दोलनका अभियानकर्मी सुजन गुरुङसहितको टोली, घोपा बचाऊ आन्दोलनको मागहरुलाई सम्बोधन गर्नको लागि गठित ५ सदस्यीय वार्ता टोली, इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठलगायतबीच वार्ता भएको थियो । वार्तामा अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलगायत अस्पतालका जिम्मेवार पदाधिकारीहरु सम्मिलित थिए ।
मेयर साम्पाङले बीपी पदाधिकारीलाई तत्काल सुधार्नुपर्ने र क्रमशः सुधार गर्दै जान सकिने विषयहरु के के रहेको भन्दै प्रश्न मात्रै गरेनन् घोपा बचाऊ अभियानले लिएर आएको सानोतिनो माग सम्बोधन गर्न आग्रह गरेका थिए । उनले बीपीमा जाँच गर्न जाने बिरामीले सामान्य एक्सरे, भिडियो एक्सरे, सिटिस्क्यान, एमआरआई बिग्रिएका कारण निजी ल्याबमा जानुपर्ने अवस्थाको अत्यदेखि अन्य विकृति विसङ्गतिलाई सुधार गर्दै जानुपर्ने सुझाए । बीपीका पदाधिकारीले पनि घोपा बचाऊ अभियानको माग सम्बोधन गर्दै प्रतिष्ठानलाई सुधार्दै अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।
यसैबीच सोमबार राति नै प्रतिष्ठानको समस्या खोज्ने र समाधान गर्न ५ जनाको कार्यदल बनेको छ । कार्यदलमा सेभ घोपाको तर्फबाट २ जना, प्रतिष्ठानको तर्फबाट २ जना र एक जना नगर प्रमुखको तर्फबाट प्रतिनिधि छन् । कार्यदलमा प्रतिष्ठानको तर्फबाट इन्टरनल मेडिसिन विभागका एसोसिएट प्रोफेसर डा. दिव्यराज मिश्रा र अस्पताल प्रशासनका सुपरभाइजर अशोककुमार साह, घोपा बचाऊ अभियानका अभियानकर्मी नविन राई र स्पेन मगर कार्यदलको सदस्य छन् भने मेयरको प्रतिनिधिकोरुपमा पूर्ण गहतराज रहेका छन् ।
वार्ताले कार्यदल बनाएको हो । वार्तामा प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह वार्ता कमिटीका सदस्यहरु, सेभ घोपा अभियन्ताहरु सहभागी थिए ।
तत्काल १५ दिनभित्र गर्न सकिने काम गर्ने, बाँकी कार्यदलको सिफारिस बमोजिम गर्ने र काम नगर्नेलाई प्रतिष्ठानको नियमावलीमा भएको व्यवस्था बमोजिम कारबाही गर्ने सहमति भएको थियो । १५ दिनभित्र सुधार भए नभएको हेर्ने र थप आन्दोलनमा जानुपरे जाने अभियानका संयोजक सुदन गुरुङ बताउँछन् ।
‘हामी नेपाल’ समूहले २०७८ चैत १९ गतेदेखि शुरु गरेको घोपा बचाऊ अभियान अहिलेसम्म पनि जारी छ ।
सोमबारको वार्तामा जे भयो हेरौं भिडियोः

प्रकाशित मिति: जेष्ठ १८ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend