Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सियोन स्कुलः सर्वाङ्गीण विकासमा जोड

हाम्रो कोशी आवाज
जेष्ठ १८ २०७९, बुधबार
धरानको सियोन स्कुलः सर्वाङ्गीण विकासमा जोड

शिक्षा क्षेत्रमा अनुभव सङ्गालेका समूहद्वारा सञ्चालित धरान–१६ स्थित सियोन स्कुल पूर्वमा छुट्टै स्थान ओगट्दै नमूना बन्न सफल भएको छ । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि प्रतिबद्ध स्कुलले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिँदै अब्बल साथै नमूना बन्दै गएको छ ।
२०६२ सालमा स्थापना भएको स्कुलले २५० विद्यार्थीबाट विद्यालय शुरु गरेको थियो तर हाल आएर ९ सय भन्दा बढी विद्यार्थी अध्ययनरत् छन् । बौद्धिक विकास, चरित्र निर्माण र अनुशासन, नैतिक आचरणको नारा लिएर अघि बढेको स्कुलले अहिले विद्यार्थीलाई ज्ञानको भोको मात्रै बनाएको छैन, संस्कार पनि सिकाएको छ । भौतिक पूर्वाधारले सम्पन्न, शान्त वातावरण, फराकिलो कक्षाकोठाले सुसज्जित छ । प्ले गु्रपदेखि कक्षा १२ सम्म अध्ययन अध्यापन हुने विद्यालयमा २०७४ बाट विज्ञान र व्यवस्थापन सङ्कायमा कक्षा–१२ सम्म अध्ययन अध्यापन हुने गरेको ।
‘यतिका वर्षको शैक्षिक यात्रा पूरा गरिसकेको स्कुलमा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने मात्रै होइन बिक्नसक्ने जनशक्ति तयार पार्नुका साथै नैतिक आचारणमा पनि हामीले अब्बल बनाएका छौं जस्तो लाग्छ’, स्कुलका फाउण्डर डाइरेक्टर खड्गबहादुर थापा मगर भन्छन्, ‘हाल विद्यालय नमूनाको रुपमा मात्रै स्थापित छैन गुणस्तर साथै अन्तर्राष्ट्रिय बजारमा बिक्ने शिक्षा दिन तल्लिन छ ।’
स्कुलले जति सक्छौ, त्यति मात्रै भर्ना लेऊ, गुणस्तरमा सम्झौता नगर भन्ने नीतिबाट स्कुल अघि बढ्दै आएको उनको भनाइ छ । ‘विद्यार्थीलाई पढ भनेर कहिल्यै उपदेश दिँदैनौं । पढेर के हुन्छ भनेर मात्रै बताइदिन्छौं’, प्रिन्सिपल सञ्जीव वान्तवाले भने । उनी भन्छन्, ‘शिक्षकले एक भरपर्दो मार्गदर्शक र साथीको भूमिका निर्वाह गरिदिए पुग्छ ।’ नियमित शिक्षक बैठक र तालिम साथै विद्यार्थी र अभिभावकलाई अभिमुखीकरण तालिम, सेमिनार प्रदान गरिन्छ ।
स्मार्ट कक्षा, कम्प्युटर कक्षा, विज्ञान प्रयोगशाला, छात्राबास, यातायातको सुविधा, पर्याप्त खेल मैदान, अतिरिक्त क्रियाकलापमा जोड दिनु विद्यालयका सुविधा तथा विशेषताहरु हुन् ।
यस्तै, काउन्सेलिङ कक्षा, क्यान्टिन, खेलकुद सामग्री, स्वच्छ खानेपानी फिल्टर, पर्याप्त शौचालयको व्यवस्था, विद्युत नभएको बेला जेनेरेटरको सुविधा, आधुनिक प्रविधिको शिक्षण, सफा र शान्त वातावरणमा अध्ययन अध्यापन, अत्याधुनिक प्रविधिद्वारा सिकाइ यस विद्यालयका अन्य आकर्षण तथा विशेषता हुन् ।
‘हामीले सरसफाइमा कहिल्यै कन्जुस्याइँ गरेका छैनौं, सरसफाइमा पनि अभिभावकले तारिफ गर्ने वातावरण बनाइदिएका छौं’, सहायक प्रिन्सिपल राकेश चौधरी भन्छन् । ‘यसका साथै भौतिक पूर्वाधार, चाहिने सामग्री आदिबारे पनि ख्याल गर्दै आएका छौं, अभिभावक, शुभचिन्तकसँग नियमित सम्पर्क गर्दै आएका छौं, यो पनि गुणस्तरीय शिक्षाका लागि चाहिने कुराहरु हुन् ।’ उनको भनाइ छ । हरेक महिना, वर्ष स्कुल र विद्यार्थीले पत्रपत्रिका प्रकाशन, भित्ते पत्रिका प्रकाशन गर्दै आएका छन् । यसले विद्यार्थीलाई समसामयिक विश्व बजारमा आएका ज्ञान र सूचनासम्म पहु“च दिलाउने गरेको छ ।
विद्यार्थीको सर्वाङ्गीण विकास लागि पाठ्यक्रम केन्द्रित शैक्षिक गतिविधिका साथै अतिरिक्त क्रियाकलापको महत्व बुझेर यसमा जोड दिँदै आएको छ । ‘परम्परागत किताबको किरो हुने, रटन्ते, घोकन्ते पुरानो परिपाटी त्याग्नुपर्छ भन्ने हाम्रो जोड हो’, फाउण्डर डाइरेक्टर थापा मगर भन्छन्, ‘यस स्कुलका विद्यार्थीलाई किताबी कीरो मात्रै होइन, अतिरिक्त ज्ञान र व्यावसायिक क्षेत्रमा पनि खरो उत्रिन अभिमुखीकरण गरिन्छ ।’
यही कारणले पनि विद्यार्थीहरुले कुनै प्रतियोगिता वा कार्यक्रममा हुने गरेको अतिरिक्त क्रियाकलापमा हारेका छैनन् । ‘अहिलेसम्म धेरैपटक विद्यार्थीले अतिरिक्त क्रियाकलाप (फुटबल, भलिबल, कराते, ब्याडमिन्टन, वक्तृत्वकला, वादविवाद, चित्रकला, गीत–सङ्गीत, नृत्य, साहित्य आदि) मा हारेका छैनन्’, उनी भन्छन्, ‘जुन कार्यक्रममा भाग लिए पनि १–२ वटा पुरस्कार लिएर आएकै हुन्छन् ।’
नियमित रुपमा परीक्षा, मूल्याङ्कन र कक्षा सञ्चालनको सुपरीवेक्षणले शिक्षक र विद्यार्थीलाई हरेक पाइलामा सतर्क गराइरहेको हुन्छ । सियोनको उत्कृष्ट नतिजाका प्रमुख आधार हुन् यी । स्कुल नैतिक र कर्तव्यनिष्ठ नागरिक तयार गर्ने उद्देश्यबाट सञ्चालित छ भएको प्रिन्सिपल वान्तवा बताउँछन् ।
‘अनुशासन भएन भने विद्यार्थीहरुले प्रगति गर्न सक्दैनन्, हामीले विद्यार्थीको अनुशासनलाई विशेष जोड दिँदै आएका छौं’, उनी भन्छन्, ‘पहिलो हाम्रो पहिचान भनेको गुणस्तरीयता हो, साथै अनुशासनलाई हामीले दोस्रो पहिचानको रुपमा लिएका छौं । विद्यार्थीहरुको अनुशासनलाई निगरानी गर्ने उद्देश्यले हामीले प्रत्येक कक्षामा सिसी क्यामेराको व्यवस्था गरेका छौं ।’
अनुशासनकै कारण उत्कृष्ट नतिजा र गुणस्तरीय शिक्षा कायम भएको उनी बताउँछन् । प्रत्येक विÈयका अलग्गै विभाग छन् । विभागीय सदस्यहरुले सामूहिक छलफलबाट सूक्ष्म तालिका बनाएका छन्, जसमा विÈयवस्तु, शिÔण विधि र समयका बारेमा स्पष्ट किटान गरिएको छ । सुविधासम्पन्न भवनमा सञ्चालित स्कुल भूकम्प प्रतिरोधी छ । खेलमैदानमाथि छाना लगाइएको छ । उच्च, योग्यता, दक्षता प्राप्त अनुभवी र समर्पित शिक्षक–शिक्षिकाहरु छन् ।
अभिभावक, विद्यार्थीलाई सेमिनार, सचेतना, खाद्यान्न सचेतना तथा स्वास्थ्य परीक्षणजस्ता कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको र दिँदै जाने उनी बताउँछन् । विद्यार्थीको प्रगतिप्रति अभिभावकलाई पनि उत्तिकै जिम्मेवार बनाउनुपर्ने भएकाले विद्यालय–अभिभावकको निरन्तर सम्पर्क र सम्बन्धमा जोड दिने गरेको उनी बताउँछन् । उनले अन्त्यमा भने, ‘विविध उतारचढावका साथ शैक्षिक जनशक्ति निर्माण गर्दै हामीले जुन उँचाइ प्राप्त गरेका छौं, त्यसको श्रेय आदरणीय अभिभावक, शिक्षक, विद्यार्थी एवम् समाजका सबै पेशामा आबद्ध सचेत समुदायलाई जान्छ ।’
विद्यालयका अन्य आर्कषण तथा विशेषता
स्मार्ट कक्षा, कम्प्युटर कक्षा, विज्ञान प्रयोगशाला, छात्राबास, यातायातको सुविधा, पर्याप्त खेल मैदान, अतिरिक्त क्रियाकलापमा जोड, काउन्सेलिङ कक्षा
क्यान्टिन, खेलकुद सामग्रीहरु, स्वच्छ खानेपानी, पर्याप्त शौचालयको व्यवस्था, विद्युत नहुँदा बेला जेनेरेटरको सुविधा, आधुनिक प्रविधिको शिक्षण, सफा र शान्त वातावरणमा अध्ययन अध्यापन, अत्याधुनिक प्रविधिद्वारा सिकाइ, अभिभावक, विद्यार्थीलाई सेमिनार, सचेतना, खाद्यान्न सचेतना तथा स्वास्थ्य परीक्षण आदि ।

गुणस्तरीयतासँगै विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिन्छौंः खड्गबहादुर थापा मगर (फाउण्डर डाइरेक्टर)

यतिका वर्षको कस्तो अनुभव गर्नुभएको छ ?
–यतिका वर्षसम्म आइपुग्दा हामीले गुणस्तरीय शिक्षामा जोड दिँदै एउटा छुट्टै पहिचान बनाउँदै नमूना स्कुल बनाउँदै सफलतातर्फ उन्मुख भएको महसुस गरेका छौं । हाम्रा विद्यार्थी अहिलेसम्म हेर्दा देश–विदेशसम्म फैलिएर स्कुलको नाम राख्न सफल भएका छन् । हामीले स्मार्ट कक्षा, २४ सै घण्टा विद्युत, वर्षेनी विज्ञान प्रदर्शनी, बालमैत्री कक्षालाई अझै व्यवस्थित, पारिवारिक वातावरण निर्माण गर्ने, अभिभावक, शुभचिन्तकको सल्लाह सुझावलाई ध्यानमा राख्दै अघि बढेको हुनाले नै प्रगति गरेका हौं जस्तो लाग्छ ।
प्रत्येक वर्ष शिक्षकका लागि सेमिनार कक्षा, विद्यार्थीका लागि शैक्षिक भ्रमणलाई निरन्तरता, कलकारखानामा गरिने व्यवहारिक शिक्षालाई निरन्तरता, विद्यार्थीलाई सामाजिक दायित्व बोध गराउन असहाय, अपाङ्गलाई सेवालाई निरन्तरता, विद्यार्थीबीचको पारस्परिक सम्बन्धलाई सुदृढ पार्ने अभियानलाई निरन्तरता दिइने, विदेश (हङकङ, सिंङ्गापुर र मलेसिया) बाट शिक्षक–शिक्षिका ल्याई अध्यापनमा निखारता ल्याउन जोड दिइने आदि योजना बुनेका छौं । यसअघि पनि विदेशी शिक्षक–शिक्षिकाले बेलाबेलामा काउन्सेलिङ गर्दै आउनुभएको छ । जेहेन्दारलाई छात्रवृत्ति, व्यक्तित्व विकास कक्षा सञ्चालनलाई निरन्तरता दिने योजनामा छौं ।
दक्ष शिक्षक–शिक्षिका, परिश्रमी गर्ने हाम्रा होनाहार विद्यार्थी र अभिभावकको सहयोगले राम्रो नतिजा निकाल्न सफलता प्राप्त भएको हो जस्तो लाग्छ । यहाँ डिग्री गरेका शिक्षक–शिक्षिकाहरु छन् । त्यस्तै, हामीले शिक्षक–शिक्षिकालाई सरकारी सेवा–सुविधा दिँदै आएका छौं । यसले पनि नतिजा राम्रो भएको महसुस गरेका छौं । साथै शिक्षक, विद्यार्थी मात्रै नभएर अभिभावकका लागि सेमिनार, काउन्सेलिङ कक्षाको व्यवस्थाले पनि उत्कृष्ट नतिजा निकाल्दै आएको हामीले महसुस गरेका छौं ।

प्रकाशित मिति: जेष्ठ १८ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend