धरानः धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजका छात्रछात्रा पुरस्कार प्रदान गरिएको छ ।
भलिबल, फुटसल, बास्केटबल, टेबलटेनिस, चेस, ब्याडमिन्टनमा विजेता बनेकाहरुलाई सम्मान गरिएको कलेजका प्राचार्य भाष्कर पौडेलले जानकारी दिए ।
यस्तै, टर्मिनल परीक्षामा टपर बन्ने छात्रछात्रालाई पनि पुरस्कार प्रदान गरिएको उनले जानकारी दिए । मेलिना दुमी राई (होटल म्यानेजमेण्ट), मुस्कान मगर (म्यानेजमेण्ट), दिलीप राई (विज्ञान सङ्काय) लाई पुरस्कार प्रदान गरिएको थियो ।
कलेजका प्राचार्य पौडेल, अध्यक्ष कैलाश आङदेम्बे, शेयर सदस्यहरु अर्जुन घिमिरे, दीपक घिमिरे, जीवन न्यौपाने अध्यापकहरु आनन्द सुब्बा, करण श्रेष्ठ, प्रेम राई, रोशन श्रेष्ठ, अनिष आचार्य, नरेन्द्र तामाङलगायतले उनीहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको कार्यक्रम सञ्चालन म्यानेजमेण्ट साथै बिबिएस कोअर्डिनेटर चन्द्र वनेमले गरेका थिए ।




