Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा अन्तरघात गर्नेलाई धमाधम कारवाही गर्दै कांग्रेस

हाम्रो कोशी आवाज
जेष्ठ २४ २०७९, मंगलबार
धरानमा अन्तरघात गर्नेलाई धमाधम कारवाही गर्दै कांग्रेस

धरानः धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हराउन लागिपर्ने नेताहरुलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने भएको छ । धरान १२ नम्बर वडा समितिको जेठ २३ गतेको बैंठकले पार्टीका उम्मेदवार हराउन लागिपर्ने ३ नेतालाई कारबाहीको सिफारिस गरेको हो ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा धरान–१२ मा वडाध्यक्षका उम्मेदवार विष्णु तामाङ पराजित भए । उनको पराजयमा कांग्रेस सुनसरी क्षेत्र नम्बर १ (क) प्रदेश क्षेत्रीय उपसभापती प्रदीप शाक्यले भूमिका खेलेको बैठकको निष्कर्ष छ । शाक्यसहित प्रदेश क्षेत्रीय सदस्य एकराज राई र महाधिवेशन प्रतिनिधि निर्मला शाक्यले समेत कांग्रेस उम्मेदवार हराउन लागिपरेको जनाइएको छ ।
वडाध्यक्षका प्रत्यासी उम्मेदवार विष्णु तामाङ र वडा सभापति सरोज भट्टराईले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कारबाही र बहिस्कार बारे जानकारी गराएका छन् । पार्टीका उम्मेदवारलाई हराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै तीनैजना नेताहरुलाई पार्टीबाट आजीवन बहिस्कार गरिने विज्ञप्तीमा उल्लेख छ । त्यससंगै अनुशासनको कारवाहीस्वरुप साधारण सदस्यसमेत नरहने गरी निलम्बनको मागसहित केन्द्रीय समितिमा सिफारिस गरिएको छ ।
१२ नम्बर नेपाली कांग्रेसका नेता तथा मेयरका प्रत्यासी उमेरदार किशोर राईको वडा हो । पार्टीबाटै अन्तरघात भएर चुनावमा पराजित हुनुपरेको उनले बताएका छन् । अहिले कारबाहीको सिफारिसमा पर्ने नेताहरु यसअघि पनि पार्टीका नेतालाई पराजित गर्न लागिपरेको उनको भनाई छ । खुलेरै अन्तरघात गरेपछि कारबाही गर्न बाध्य भएको उनले प्रष्ट पारे ।
धरानमा यसअघि नै ६ नम्बरमा कांग्रेस उम्मेदवार पराजित भएको भन्दै २९ जनालाई कारबाहीको सिफारिस गरिएको थियो । पार्टीका बागी उम्मेदवारलाई सघाएको भन्दै कारबाहीको माग भएको हो ।

प्रकाशित मिति: जेष्ठ २४ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend