Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा स्कुले पाठ्यक्रममा ट्राफिक नियम अध्यापन थालिने मेयर साम्पाङको घोषणा

हाम्रो कोशी आवाज
जेष्ठ २४ २०७९, मंगलबार
धरानमा स्कुले पाठ्यक्रममा ट्राफिक नियम अध्यापन थालिने मेयर साम्पाङको घोषणा

धरानः धरान उपमहानगरले विद्यालयको पाठ्यक्रममा ट्राफिक नियम अध्यापन शुरू गर्ने भएको छ ।
धरानका मेयर हर्क साम्पाङले मंगलबार सो विषयको जानकारी दिँदै ट्राफिक नियम प्रभावकारी बनाउन सबैलाई आग्रह गरेका छन् । सडक दुर्घटना न्यूनीकरण गर्नु उपमहानगरको उद्देश्य भएकाले सबैको सहयोग रहने उनले विश्वास लिएका छन् ।
‘धरान उपमहानगरले स्कुले पाठ्यक्रममा ट्राफिक नियम अध्यापन शुरु गर्नेछ ! सबैले यसलाई प्रभावकारी बनाऔँ ! सडक दुर्घटना न्यूनीकरण हाम्रो उद्देश्य रहनेछ !’ उनले आफ्नो फेसबुक पेजमार्फत् भनेका छन् ।

प्रकाशित मिति: जेष्ठ २४ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend