Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘मिस धरान २०२२’ को तयारी

हाम्रो कोशी आवाज
जेष्ठ २५ २०७९, बुधबार
‘मिस धरान २०२२’ को तयारी

धरानः फेशन नगरीको रुपमा चिनिने धरानका युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा सौन्दर्य प्रतियोगिता ‘मिस धरान २०२२’ आयोजना हुने भएको छ ।
कम्तीमा एसइई उत्तीर्ण तथा १२ कक्षा पढ्दै गरेका धरानका युवतीहरुलाई सहभागी गराइने कार्यक्रम यो वर्षदेखि धरानमा आयोजना हुने भएको छ । आयोजक संस्थाका निर्देशक हरिहाङ तिगेलाका अनुसार मिस धरान २०२२ को आवेदन खुल्ला गरिएको छ र अनलाइनसँगै एसएमएसबाट समेत आवेदन दिन सकिनेछ भने आवेदन निःशुल्क गरिएको छ ।
मिस धरानको अफिसियल फेसबुक पेज रहेको अनलाइन फर्म मोबाइलको म्यासेज बक्समा गई सहभागीको नाम, उचाई, उमेर, ठेगाना र शिक्षा टाइप गरी ३३००१ मा पठाउनु पर्नेछ । अनलाइन तथा एसएमएसबाट आएका आवेदनहरूका आधारमा असार दोस्रो साता मिस धरान २०२२ को अडिसन शुरु हुने उनले जानकारी दिए । मिस धरान २०२२ को कोरियोग्राफी मिस तामाङ २०१९ प्रदेश १ बिजेता तथा मिस टुरिज्म क्विन वल्र्डवाइड २०१९ मा बेस्ट इस्माइलको टाइटल बिजेता प्रोजिता लामाले गर्नेछिन् ।
अडिसनबाट छानिएका प्रतियोगीहरुलाई २० दिन व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइनेछ । मिस धरान २०२२ बिजेता, फस्ट रनरअप, सेकेन्ड रनरअपसँगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्युटीफुल स्माइल र मिस पर्सनालिटी, मिस व्युटीफुल कम्लेक्सन लगायतका विभिन्न सब–टाइटलको उपाधिसँगै बिजेताहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ २५ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend