Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पहिलोपटक ‘सेफ कम्पिटिसन’ हुँदै

हाम्रो कोशी आवाज
जेष्ठ २६ २०७९, बिहिबार
धरानमा पहिलोपटक ‘सेफ कम्पिटिसन’ हुँदै

धरानः धरान–१६ स्थित युएन नवोदय कलेजले प्रदेश नम्बर १ मै पहिलोपटक धरानमा प्रदेशस्तरीय युएन सेफ प्रतियोगिता गर्ने भएको छ ।
बुधबार कलेजमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिअनुसार आगामी असार–६ गते कलेजमा सेफ प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा होटल म्यानेजमेन्ट विषय लिई कक्षा–१२ को परीक्षा सकेर बसेका विद्यार्थीहरुले भाग लिन पाउने कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार हरेक कलेजबाट दुई समूह विद्यार्थीले भाग लिन पाउनेछन् भने एउटा समूहमा दुईजना विद्यार्थी रहनेछन् ।
प्रतियोगिताको बिजेताले बिएचएम अध्ययनका लागि छात्रवृत्ति पाउनुका साथै नगद १ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछ । बिएचएम पढ्नका लागि ६ लाख बढी रकम खर्चिनुपर्ने हुन्छ । फष्ट रनरअपले छात्रवृत्तिसहित ५० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउनेछ ।
त्यस्तै, सेकेण्ड रनर अपले छात्रवृत्तिसहित ३० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाण–पत्र पाउने छ । प्रदेश नम्बर १ मा हस्पिटालिटी इन्डष्ट्रिज र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षदेखि युएन सेफ प्रतियोगिता आयोजना गर्न लागिएको कलेजका क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए ।
होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीहरुले प्लस टु लेभलमा पढेका, सिकेका र जानेका सीपलाई प्रदर्शन गर्नका लागि एउटा राम्रो प्लेट फर्म मिलोस् भन्ने उद्देश्यले पनि सेफ प्रतियोगिता गर्न लागिएको कलेजका अध्यक्ष ज्ञानेश्वर झाले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ २६ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend