Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘म यो कुर्सीमा गीत गाउन आएको हो ?’

हाम्रो कोशी आवाज
जेष्ठ २७ २०७९, शुक्रबार
‘म यो कुर्सीमा गीत गाउन आएको हो ?’

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू खोला उत्खनन र दोहनको पक्षमा नरहेको बताएका छन् ।
उनले आफूले खोला उत्खनन र दोहन गर्न हुँदैन भनेर प्रस्ताव ल्याएर अघि बढेको बताएका छन् । बिहीबार कार्यपालिका बैठक डाकिएको तर वडाध्यक्षहरु कार्यपालिका बैठकमा अनुपस्थित भएको विषयमा पत्रकारहरुसँगको कुराकानीमा उनले आफू धरान उपमहानगरपालिकामा गीत गाउन नआएको बताउँदै जनताको पक्षमा काम गर्न आएको बताउँदै उनले भने, ‘प्रस्ताव त ल्याउन पाइन्छ होला नि तपाईहरुलाईचाहिँ के लाग्छ, के म खोला भत्काउँ, परिचयसहित भन्नुहोस्, म यो कुर्सीमा मेरो खुशी, मेरो आफ्नो भावना, मेरो आफ्नो मनको गीत गाउन आएको हो, म जनताको एजेन्डा लिएर आएको हुँ, जनताको एजेन्डालाई कार्यपालिकाबाट पारित गराउँछु, त्यो मेरो दायित्व हो, त्यसको लागि म यहाँ आएको हुँ ।’
उता धरान उपमहानगरपालिकामा मेयर बनिसकेर काम गरेर देखाइसकेका पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्बोले साम्पाङको प्रस्तावहरु राम्रा रहेको बताएका छन् । ‘मेयर जीको प्रस्तावहरु राम्रा छन् । सबै नगरवासीहरु प्रस्तावप्रति सकारात्मक देखिनुभएको छ । कार्यपालिकाका सदस्यहरु पनि नकारात्मक देखिनु भएको छैन, सवाल मात्र विधीको हो । कार्यपालिका सदस्यहरुको राय मेयर सा’बलाई विधी पुरयाएर ल्याउने भन्ने मात्र हो जस्तो लाग्छ ।’ उनले भनेका छन् ।
उनले फेसबुकमा लेखेको स्टास यस्तो छ
धरान उपमहानगर पालिकाको कार्यपालिकाको दोश्रो बैठक मेयर जीको समर्थकहरुको विरोध प्रदर्शनका कारण अवरुद्ध भएको खबरले चिन्ता बढाएको छ । नवनिर्वाचित मेयर, उपमेयरले आगामी असार १० गतेभित्र नीति, बजेट तथा कार्यक्रम ल्याउन अनिवार्य छ तर यस्ता अवरोधका कारण समयमा बजेट ल्याउन समस्या आउन सक्ने देखिएकोले, मेयर हर्क साम्पाङ जीको समर्थक नगरवासी दाजुभाइ दिदीबहिनीहरु संयम र अनुशासित भएर दबावमा उत्रिनु जरुरी देख्छु ।
मेयर जीको प्रस्तावहरु राम्रा छन् । सबै नगरवासीहरु प्रस्तावप्रति सकारात्मक देखिनुभएको छ । कार्यपालिकाका सदस्यहरु पनि नकारात्मक देखिनु भएको छैन, सवाल मात्र विधीको हो । कार्यपालिका सदस्यहरुको राय मेयर सा’बलाई विधी पुरयाएर ल्याउने भन्ने मात्र हो जस्तो लाग्छ । लोकतन्त्र भनेको विधीद्वारा चलाइने शासन हो । कसैले विधीको कुरा गर्दा आत्तिहाल्नु पर्ने कुरा त छैन । म जहिले पनि विधीको शासनको पक्षमा उभिने छु । म पनि तपाईहरुको साथमा छु । सबैमा मेरो विनम्र अनुरोध छ, कुनैपनि व्यक्तिको मानमर्दन हुने खालका निराधार आरोप लगाउने कामबाट हामी बच्नु जरुरी हुन्छ । अन्यथा परिणाम अनपेक्षित पनि आउन सक्छ,सबै समयमै होसियार बनौं । हामी सबैको जय होस् । धरानको जय होस् ।

प्रकाशित मिति: जेष्ठ २७ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend