Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सर्दु जलाधार क्षेत्रमा वृक्षारोपण

हाम्रो कोशी आवाज
जेष्ठ २८ २०७९, शनिबार
धरानको सर्दु जलाधार क्षेत्रमा वृक्षारोपण

धरानः धरानस्थित सर्दु जलाधार क्षेत्रमा वृक्षारोपण गरिएको छ ।
मेयर हर्कराज राई (साम्पाङ), उपमेयर अइन्द्रविक्रम बेघा, धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेललगायत धराने जनता, विभिन्न संघसंस्थाका प्रतिनिधि सम्मिलित टोलीले विभिन्न जातका विरुवा रोपण गरेका थिए । यसअघि धराने जनतालाई मेयर साम्पाङले सर्दु जलाधार क्षेत्रमा पानीको स्रोत बढाउन वृक्षारोपणका लागि आह्वान गरेका थिए ।
वृक्षारोपण कार्यक्रममा धराने जनता, रोटरी क्लब, धरान जेसिजलगायतका विभिन्न संघसंस्थाको सहभागिता थियो । यसैबीच मेयर साम्पाङले आफ्नो स्व. बुबाको नाममा वृक्षारोपण गरेका छन् ।
जलाधार संरक्षणमा विशेष जोड
मेयर साम्पाङले जलाधार क्षेत्रलाई विशेष संरक्षण गरिने बताएका छन् । उनले जलाधार क्षेत्रको सीमाङ्कन गर्न चुनौती रहेको र सीमाङ्कन गर्न लागिने बताए । जलाधार क्षेत्रमा पूर्ण रोक लगाइने उनले बताए । ‘जलाधारलाई बचाउन यसमा पूर्णरुपमा रोक लगाउनुपर्छ, यसबारेमा छलफल भइरहेको छ ।’ उनले भने ।
विरुवा रोप्दा दिवङ्गत हुनुभएका परिवारलाई सम्झिएर रोप्ने अभियान चलाइने बताए । ‘हामीले हाम्रा परिवार गुमाएका छौं, उहाँहरुलाई सम्झिएर वृक्षारोपण गरौं, त्यो फलदायी हुन्छ ।’
उनले पानीको स्रोत बढाउन विरुवा रोप्ने कार्यक्रम फलदायी हुने बताए । उनले अब रोप्नेमात्रै होइन संरक्षण गर्नतिर उपमहानगरपालिकाको ध्यान जाने बताए । विरुवा हुर्किएको, नहुर्किएको अवलोकनका लागि हेर्न आफू पनि आइरहने उनले बताए ।
उपमेयर अइन्द्रविक्रम बेघाले विरुवा रोपिसकेपछि संरक्षण हुनुपर्ने खालका कार्यक्रम ल्याइने बताए । ‘रोपिसकेपछि संरक्षण गर्ने खालका कार्यक्रम ल्याउन उपमहानगरपालिका लाग्छ ।’
सामुदायिक वन महासंघ, विष्णुपादुका पाँचकन्याका अध्यक्ष सम्फर तामाङले विरुवा रोपिसकेपछि संरक्षणको दायित्व उपमहानगरपालिकाले नै लिए फलदायी हुने बताए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: जेष्ठ २८ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend