Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ५४ पिन्ट रगत सङ्कलन

हाम्रो कोशी आवाज
जेष्ठ २८ २०७९, शनिबार
धरानमा ५४ पिन्ट रगत सङ्कलन

धरानः नेपाल रेडक्रस सोसाइटी विजयपुर उपशाखा धरानको आयोजना सम्पन्न रक्तदान कार्यक्रममा ५४ प्रिन्ट रगत संकलन भएको छ ।
शनिबार धरान–१४ दन्तकाली माविमा अध्यक्ष यशोदा कायस्थको अध्यक्षतामा सम्पन्न कार्यक्रमममा धरानको १४ न. वडा कार्यालयको समेत सहकार्य रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापाले रगतको अभाव पूरा गर्न रक्तदान कार्यक्रमको आयोजना गर्न विभिन्न संघ संस्थाहरुलाई अनुरोध गरेका छन् ।
धरान १४ नं. वडा कार्यालयका अध्यक्ष कृष्णप्रसाद भट्टराईले रक्तदान कार्य कार्यक्रमलाई आफूहरुले प्राथमिकता दिने गरेको बताए । सेवाको कार्यममा सहयोग गर्ने सहयोगी र सम्पूर्ण रक्तदाताहरुलाई अध्यक्ष कायस्थले धन्यवाद ज्ञापन गर्दै प्रशंसापत्र प्रदान गरिन् । साथै धरान १४, २ र ४ नम्वर वडाध्यक्ष र सदस्यहरुलाई बधाई ज्ञापन र सम्मान गरिएको थियो । कार्यक्रममा उपशाखाका पदाधिकारी एवं सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: जेष्ठ २८ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend