Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जिल्लास्तरीय मेयरकप ब्याडमिन्टन शुरु

हाम्रो कोशी आवाज
जेष्ठ २९ २०७९, आइतबार
धरानमा जिल्लास्तरीय मेयरकप ब्याडमिन्टन शुरु

धरानः सुनसरी जिल्ला ब्याडमिन्टन संघले धरान उपमहानगरपालिकाको प्रायोजनमा सुनसरी जिल्लास्तरीय खुल्ला मेयरकप ब्याडमिन्टन प्रतियोगिता शुरु गरेको छ ।
शनिबारदेखि अमर सेवा समाज धरान-१३ .को व्याडमिन्टन कवर्डहलमा प्रतियोगिता शुरु भएको हो । संघका अध्यक्ष प्रतिक श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साङपाङ) को प्रमुख आतिथ्यमा प्रतियोगिताको उदघाटन भएको छ ।
व्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष चन्द्रशेखर लामा र धरान-१३ का वडाअध्यक्ष नेत्र काफ्ले विशेष अतिथि रहेका थिए । कार्यक्रममा नगर प्रमुख हर्क साम्पाङले खेलकुदले खेलाडीहरुलाई स्वस्थ र अनुशासित बनाउनका साथै देशको गरिमा बढाउने भएकोले खेलकुदका गतिविधिहरु अनिवार्य गर्नुपर्ने बताए । उनले खेलको विकासको लागि आगामी दिनहरुमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रतियोगितामा चारवटा इभेन्टहरु खेलाइने अध्यक्ष प्रतिक श्रेष्ठले बताए । यसअन्तर्गत मेन्स डवल्सतर्फ रविन साउदेन र सत्यम लिम्बूको जोडी तथा सुरेश नेयोङ र रविन आन्खेवा लिम्बू छन् । भेट्रान्स डबल्सतर्फ गणेश राई र सुरत इवाहाङ तथा श्याम लामा र सुदीप सुवेदीको जोडी रहेको छ ।
यसैगरी अन्डर १७ ब्वाइज सिङलतर्फ रोधन राई र योदेश राई तथा महिला डबल्सतर्फ इन्दिरा राई , याङ्ला शेर्पाको जोडी तथा लक्ष्मी तामाङ र सृष्टि राईको जोडी फाइनलमा भिड्ने छन् । बिजेता टिमलाई नगद, ट्रफी, प्रमाणपत्रले पुरस्कृत गरिने कार्यक्रमका संयोजक राजकुमार कर्मचार्यले बताए ।

प्रकाशित मिति: जेष्ठ २९ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend