Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको हिविस्कस स्कुलकी दिविका राई ‘इन्टरनेशनल कन्फ्रेन्स’ मा सहभागी

हाम्रो कोशी आवाज
जेष्ठ २९ २०७९, आइतबार
धरानको हिविस्कस स्कुलकी दिविका राई ‘इन्टरनेशनल कन्फ्रेन्स’ मा सहभागी

धरानः धरान-१५ स्थित धरानको हिविस्कस इङ्लीस बोर्डिङ स्कुलकी छात्रा दिविका राई ‘इन्टरनेशनल कन्फ्रेन्स’ मा सहभागी भएकी छिन् ।
‘इमोसनल इन्टेलिजेन्स इन्टरनेशनल कन्फ्रेन्स’ मा उनी सहभागी भएकी हुन् । इन्टरनेशनल इन्ट्रन्नर्स युनिभर्सिटीद्वारा आयोजित कन्फ्रेन्समा विश्वभरीका १६ वटा देशका फरक फरक प्रोफेसर, शिक्षक, विद्यार्थीलगायतको सहभागिता थियो । राईले नेपालको तर्फबाट आफ्ना कुरा पस्किएकी थिइन् । उनले करिब ७ मिनेट भावनात्मक बुद्धिबारे प्रष्टयाएकी थिइन् ।
कनेक्टिङ क्लासरुम २०२१–०२२ कार्यक्रमअन्तर्गत उनी त्यहाँ जोडिएकी थिइन् । ‘खासमा हामीले ग्लोबल एजुकेशनसँग जोड्न खोजेका हौं’, सहायक प्रिन्सिपल विजयसिंह थेबेले भने, ‘यसले संसारका विद्यार्थीहरुसँग भलाकुसारी, अन्तक्र्रिया हुन पाउँछ, उनीहरुको कुरा सुन्न सकिन्छ, यहाँका कुरा राख्न सकिन्छ, यसले उताको संस्कार, संस्कृति सिक्ने र यहाँको संस्कार, संस्कृति सिकाउने अवसर मिल्छ भन्ने लाग्छ ।’

प्रकाशित मिति: जेष्ठ २९ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend