Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा वीर नेम्वाङलाई काङसोरे पुरस्कार

हाम्रो कोशी आवाज
जेष्ठ २९ २०७९, आइतबार
धरानमा वीर नेम्वाङलाई काङसोरे पुरस्कार

धरानः धरानमा लिम्बुवान नागरिक समाज युकेद्वारा स्थापना गरिएको प्रथम काङसोरे पुरस्कार वीर नेम्वाङलाई प्रदान गरिएको छ ।
उनलाई आइतबार नगद एक लाखसहित सम्मान गरिएको छ । नेम्वाङलाई सो पुरस्कार र सम्मान लिम्बुवान मुक्ति र स्वायत्तताको आन्दोलन साथै याक्थुङ ( लिम्बू) भाषा लिपी, संस्कृतिको संरक्षण तथा विकासमा उल्लेखनीय योगदान गरेवापत प्रदान गरिएको लिम्बुवान नागरिक समाज युकेका सभापति छत्र वनेमले जानकारी दिए । आगामी दिनहरुमा यस्तै ब्यक्तित्वहरुलाई सो पुरस्कार प्रदान गरिने जानकारी किरात याक्थुङ चुम्लुङ सुनसरीका सल्लाहकार स्वर्णिमहाङ फोम्बोले जानकारी दिए ।
कार्यक्रममा स्वागत भाषण लिम्बू पत्रकार संघ नेपालका कोषाध्यक्ष सिंहबहादुर मादेनले गरेका थिए भने शुभकामना मन्तब्य कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले व्यक्त गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तब्य विशेष अतिथि किरात याक्थुङग चुम्लुङका केन्द्रीय महासचिव डा. योगेन्द्र पालुङवा, लिम्बू भाषाविद एव इतिहासविद कमल तिगेलाले दिएका थिए । कार्यक्रम सञ्चालन लिम्बू पत्रकार नेपालको सचिव निलिफा सुब्बाले गरेकी थिइन् । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भण्डारीले तिरमा मटेङ्ग्रा तानेर गरेका थिए ।
तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: जेष्ठ २९ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend