धरानः प्रदेश नम्बर १ स्तरीय वाइवाइ एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन-२ र डान्सिङ स्टार सिजन-१ को सेमिफाइनलबाट १०–१० जना छनौट भएका छन् ।
फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल अनलाइन टिभीले आयोजना गरेको प्रदेश नम्बर १ भरीबाट सिङ्गीङतर्फ २५ जना र डान्सिङतर्फ १४ गरी ३९ जना सहभागी भएका थिए ।
सिङ्गीङ र डान्सिङमा उत्कृष्ट १०-१० जना फाइनलमा प्रवेश गरेका छन् । सिङ्गीङतर्फ उत्कृष्ट १० मा पर्ने सहभागीहरुमा गनु राई (होलिल्याण्ड इन्टरनेशनल स्कुल, धरान), ओङ्दी तामाङ (सुनाखरी एकेडेमी, धरान), एन्जिला मगर(युएन स्कुल, धरान), रिजन लोहनी (जेनिथ स्कुल, धरान), चमेली विक (पब्लिक हाइस्कुल, धरान), छिरिङ तामाङ कार्मेल हाइस्कुल, धरान), एन्जेल गुरुङ (सुनगाभा स्कुल, धरान), भुवन लामिछाने होलिल्याण्ड इन्टरनेशनल स्कुल, धरान), माहिम राई (नवज्योति स्कुल, धरान) र दिप्सन श्रेष्ठ (रुपतारा स्कुल, झापा) रहेका छन् ।
त्यस्तै, डान्सिङतर्फ उत्कृष्ट १० मा पर्ने सहभागीहरुमा रेष्मा थिङ (निलगिरी डनबस्को स्कुल, हिले धनकुटा), नुमा लिम्बू (सिदार्थ बोर्डिङ स्कुल, मोरङ), मनिष विक (मनिष विश्वकर्मा (हिमाली सेकेण्डरी स्कुल भद्रपुर, झापा), सुमिना दाहाल (मर्निङ ग्लोरी स्कुल (रामपुर, उदयपुर), इक्सा साम्वाहाम्फे (युएन स्कुल, धरान), निरुता श्रेष्ठ (जनसहयोग स्कुल (तरहरा, सुनसरी), नियती राना मगर (युएन स्कुल, धरान), सुष्मा तामाङ (एभरेष्ट स्कुल, धरान), कष्मिरा थापा मगर (शिक्षा सदन मावि, धरान) र प्रकृति खापुङ (सुनाखरी एकेडेमी, धरान) रहेका छन् ।
प्रतियोगीताका निर्णायकमा गायनतर्फ भ्वाइस अफ नेपाल सिजन–२ का फाइनलिस्ट विकास लिम्बू र सङ्गीतकार विनायक राई रहेका छन् । त्यस्तै, नृत्यतर्फ छमछमी सिजन–३ कि फस्ट रनरअप मनिता राई र राष्ट्रिय डान्स कोरियोग्राफर पृतम साम्वाहाम्फे रहेका थिए । गायन र नृत्य दुवैतर्फका बिजेताले ५० हजार रुपैयाँ नगद र प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति, दोस्रो हुनेले ३० हजार रुपैयाँ नगद, प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति र तेश्रो हुनेले १५ हजार रुपैयाँ नगद र प्लस टु पढ्न ५० छात्रवृत्ति प्राप्त गर्ने प्रालिका अध्यक्ष डम्बरकुमार तुम्वापोले जानकारी दिए ।
प्रतियोगीताको फाइनल आगामी असार–१७ गते शुक्रबार हुने इभेन्ट कोअर्डिनेटर तिर्थ कार्कीले जानकारी दिए । ग्रान्ड फिनालेमा चर्चित गायिका मिलन अमात्य आउने आयोजकले जनाएको छ । कार्यक्रम धरान–१५ स्थित चुम्लुङ हिमको भवन परिसरमा हुने आयोजकले जनाएको छ । तस्वीरहरुः हाम्रो कोशी आवाज


















