धरानः श्री भगवती आधारभूत विद्यालय धरान-१६ मा शैक्षिक गुणस्तर तथा विद्यालय सुदृढीकरण योजना शुरु भएको छ ।
विद्यालयका प्रधानाध्यापक अच्युत पराजुलीले सामुदायिक विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले यो योजना शुरू गर्नुपरेको बताए । विद्यालय सुधार गर्न विद्यालय परिवार एक भएर जोडतोडका साथ काम शुरू गरिएको उनले जानकारी दिए ।
२०१० सालमा स्थापना भएको धरानको पुरानो विद्यालयमध्ये एक यस विद्यालयमा बाल बिकास केन्द्रदेखि कक्षा–८ सम्म १४० विद्यार्थी रहेका छन् ।
गरिब तथा सुकुम्वासी क्षेत्रका बालबालिका अध्ययन गर्ने र भौतिक संरचना पुरानो भएकाले शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार विकासका निम्ति विद्यालय लागिरहेको विद्यालय व्यवस्थपन समितिका सदस्य सुनिल नेपालले बताए ।
सामुदायिक विद्यालयलाई समुदायको सहयोग आवश्यक हुन्छ त्यसका लागि धरानका शिक्षासेवी र विकासप्रेमी दाताहरुले सहयोग र साथ दिनुपर्ने समाजसेवी विरेन्द्रसिंह थापाले बताए ।
विद्यालयमा ९ जना दरबन्दी शिक्षक र २ जना निजी स्रोतबाट कर्मचारी १ जना गरी जम्मा १३ जना जन शक्ति रहेको छ । जग्गा २ बिगाहा २ कठ्ठा साढे ५ धुर रहेको छ ।