Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा परियोजना व्यवस्थापनको आधारभूत कार्यशाला

हाम्रो कोशी आवाज
जेष्ठ ३० २०७९, सोमबार
धरानमा परियोजना व्यवस्थापनको आधारभूत कार्यशाला

धरानः जेसीज र वाई–पार्ड नेपालको सहकार्यमा दुईदिने परियोजना व्यवस्थापनको आधारभूत कार्यशाला तालिम सम्पन्न भएको छ ।
धरान जेसीज सचिवालयमा सप्पन्न सो कार्यक्रम विद्यार्थीहरुलाई लक्षित कार्यक्रम हो । धरान र इटहरीका स्नातक अन्तिमका १० जना विद्यार्थीहरुले सो कार्यक्रममा प्रशिक्षण लिएका थिए ।
वाई–पार्ड एसिया प्यासिफिकका प्रोग्राम अफिसर अभिशेक खड्काले तालिममा माइक्रोसफ्ट एक्सल सफ्टवेयर एडभान्स फन्कसन जस्तै पिभोटिङ, स्लाइसर, एक्स लुक–अपसँगै पावर बि–आई सफ्टवेयर परियोजना व्यवस्थापनको आधारभूतर तालिम रहेको थियो ।
जेसीज अध्यक्ष प्रतिक श्रेष्ठका अनुसार कार्यक्रम विद्यार्थीलाई लक्षित गरेता पनि कार्यक्रम प्राविधिक रहेकाले सम्पूर्ण समुदाय पूर्ण रहेको बताए । कार्यक्रम सफल बनाउन धरान जेसीजका उपाध्यक्ष जेसी निशान नेपाल र वाई–पार्ड नेपालका सदस्य सशांक पोखरेलले संयोजन गरेका थिए ।

प्रकाशित मिति: जेष्ठ ३० २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend