Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१७ को जंगलमा च्याउ खोज्न गएकी महिलामाथि बलात्कारको प्रयास

हाम्रो कोशी आवाज
असार ४ २०७९, शनिबार
धरान-१७ को जंगलमा च्याउ खोज्न गएकी महिलामाथि बलात्कारको प्रयास

धरानः धरानः धरान-१७ उदय सामुदायिक वनमा च्याउ खोज्न गएकी एक महिलामाथि बलात्कारको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान–१७ संगतम चोक बस्ने ४२ वर्षीय श्यामकुमार धामी रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । वर्ष ५६ की अपाङ्ग महिलालाई धामीले गत जेठ २८ गते बलात्कारको प्रयास गरेको उनले जानकारी दिए ।
यस्तै, धरान–१६ जोरसखुवा डेरा गरी बस्ने वर्ष ३१ को पुरुषले नातामा झड्केलो बाबुतर्फकी नाबालिका १४ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको भन्ने जाहेरी परेको र उनीमाथि जबर्जस्ती करण मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार ४ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend