Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा प्रहरीले किराना पसलमा गाँजा भेटेपछि एकजना समातिए

हाम्रो कोशी आवाज
असार ५ २०७९, आइतबार
धरानमा प्रहरीले किराना पसलमा गाँजा भेटेपछि एकजना समातिए

धरानः सुनसरीको धरान उपमहानगरपालिका–५ बाट अवैध लागूऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध गाँजाको ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय रितबहादुर राईले सञ्चाल गर्दै आएको किराना पसल खानतलासी गर्दा दुईकेजी गाँजा बरामद भएको थियो ।
पसलबाट गाँजा बरामद भएसँगै सञ्चालकलाई समेत पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: असार ५ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend